Close

Recent Posts

हायर पर्चेज कर्जा ६० प्रतिशतमा सीमित, ४० प्रतिशत नगद अनिवार्य

हायर पर्चेज कर्जा ६० प्रतिशतमा सीमित, ४० प्रतिशत नगद अनिवार्य
  • १६ बैशाख २०८२, मंगलवार १०:४६

काठमाडौं– अब हायर पर्चेज कम्पनीहरुले पनि निजी प्रयोजनका र विद्युतीय सवारीमा ६० प्रतिशत मात्र कर्जा दिन पाउने भएका छन् ।

mulpatra

कम्पनीहरुले सबै प्रयोजनका इभि र निजी प्रयोजन अन्य सवारीमा ऋण मूल्यको अनुपात अर्थात् लोन टु भ्याल्यू रेसियो अधिकतम ६० प्रतिशतसम्म कायम गर्नुपर्ने भएको हो । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरुलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यस्था, २०७० को पाँचौं संशोधन, २०७२ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

सोही अनुसार नै अब सबै प्रयोजनका इभि र निजी प्रयोजनका सवारी साधानमा ६० प्रतिशत मात्रै कर्जा दिनेछन् । इभि खरिदमा पनि अब ४० प्रतिशत नगद नै भुक्तानी गनुपर्ने व्यवस्था गरिएको हो ।

mulpatra mulpatra mulpatra

हाल हायर पर्चेज कम्पनीहरुले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँदै आएका थिए । तर, अब भने सबै खाले विजुली गाडी र निजी प्रयोजनका अन्य पेट्रोल–डिजेल गाडीमा ६० प्रतिशत मात्रै कर्जा दिने भएका हुन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा गर्दै गत फागुन १९ गतेदेखि बैंक तथा वित्तीय संस्था (लघुवित्त बाहेक) मार्फत हायर पर्चेज कर्जा लिँदा समेत ६० प्रतिशत मात्रै कर्जा पाइने व्यवस्था गरेको थियो । त्यस बखत नै केन्द्रिय बैंकले ४० प्रतिशत नगद ऋणी आफैले व्यवस्था गर्नुपर्ने व्यवस्था लागू गरेको थियो । हाल भने हायर पर्चेज कर्जा दिने कम्पनीलाई पनि सोही व्यवस्था लागू गरेको हो ।