सुनको मुल्यमा भारी गिरावट
काठमाडौं– बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । यस दिन सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेर एक हजार ९१५ रुपैयाँमा किनबेच भएको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
![]() |
![]() |
![]() |
|---|



