जेनजी पुस्तालाई प्राथमिकतमा राखि स्टार्टअप कार्यक्रम ल्याउँदै सरकार
काठमाडौं– सरकारले आगामी वर्षको बजेटमा जेन–जी पुस्ताकेन्द्रित स्टार्टअप योजना ल्याउने भएको छ । राष्ट्रपतिले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

‘सबै उद्योगको बिजनेस प्लान र त्यसको इको सिस्टम निश्चित गरी जेनजी पुस्तालाई विशेष प्राथमिकतमा राखि युवाकेन्द्रित स्टार्टअप कार्यक्रम सुरु गरिनेछ,’ उनले भने ।
सरकारले नवप्रवर्तन उद्योगलाई प्रोत्साहन गर्न नयाँ कर्जाको स्किम ल्याउने भएको छ । राष्ट्रपति कर्जाको सुरुवात गर्ने उद्घोष गरे ।
सरकारले भूमिसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने भएको छ। आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने बताए ।
सरकारले यसअघि पनि भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो। सत्तारुढ दलहरूबीच सहमति जुट्न नसक्दा भूमि अध्यादेश निष्क्रिय भएको थियो । राष्ट्रियसभामा निर्णायक रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपाले भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकारले बाध्य भएर अन्य ५ अध्यादेश पारित गरेर भूमि अध्यादेश निष्क्रिय बनाउन सहमत भएको थियो ।
![]() |
![]() |
![]() |
|---|



