गभर्नर छनोट समितिको बैंठक स्थगित
काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको बैठक स्थगित भएको छ । यसअघि समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरेपछि समितिको पहिलो बैठक आइतबारका लागि बोलाइएको थियो । तर अर्थमन्त्री विष्णु पौडेलको कार्यव्यस्तताले बैठक अन्तिम समयमा स्थगित भएको हो ।

सरकारले चैत १६ गते अर्थमन्त्री पौडेलको संयोजकत्वमा गर्भनर नियुक्त गर्न तीन सदस्यीय समिति गठन भएको थियो । जसमा विश्व पौडेल र विजयनाथ भट्टराई सदस्य थिए । तर वैशाख १० गते सदस्य भट्टराईले असन्तुष्टि जनाउँदै समितिबाट बाहिरिएका थिए । उनको स्थानमा अधिकारीलाई सदस्य बनाइएको छ ।
सिफारिस समितिले नयाँ गर्भनरको नाम चयन गर्न नसक्दा गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको छ । चैत २५ गतेदेखि राष्ट्र बैंक गभर्नरविहीन छ । सत्ताका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा ९एमाले०बीच गभर्नरमा डा। गुणाकर भट्टलाई बनाउने सहमति भएपछि उनले राष्ट्र बैंकको प्रमुख कार्यकारी निर्देशकबाट राजीनामा पनि दिएका थिए । तर उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन ।
![]() |
![]() |
![]() |
|---|
राष्ट्र बैंककी कायममुकायम गभर्नर डा।नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गर्न ढिलाई गरेपछि अर्थमन्त्री पौडेलले राजीनामा स्वीकृत गर्न निर्देशन दिएका थिए । पछिल्लो समय गभर्नरको दौडमा डा।भट्टसहित ज्ञानेन्द्र ढुंगाना र कायममुकायम गभर्नर डा। नीलम ढुंगाना छिन्। तर, भट्टका नाममा सत्ता गठबन्धन भित्र सहमति भइसकेकाले उनी नै सिफारिस हुने बलियो सम्भावना छ ।



