Close

Recent Posts

अदालतको आदेशविपरीत एन्फा साधारणसभामा गणेश थापा र गौरव थापालाई रोक

अदालतको आदेशविपरीत एन्फा साधारणसभामा गणेश थापा र गौरव थापालाई रोक
  • २६ बैशाख २०८२, शुक्रबार १०:२४

काठमाडौं– गणेश थापालाई एन्फाको साधारण सभास्थलमा प्रवेश गर्न नदिएपछि तनाव भएको छ । एन्फाको साधारण सभा काभ्रेको धुलिखेलमा आज आयोजना गरिएको छ । साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै एक समूहले थापालाई गेटमै रोकेपछि तनाव भएको हो ।

mulpatra

आफूलाई रोकेपछि आक्रोशमा आएका एन्फा पूर्व अध्यक्ष थापाले भनेका छन्, ‘कि अदालतको निर्णय मान्दिन भन्नुपर्यो कि साधारण सभामा प्रवेश गर्न दिनुपर्यो ।’

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएपछि उनी निष्कृयजस्तै भएका थिए । १५ अप्रिल २०२५ मा प्रतिबन्ध फुकुवा भएपछि उनी फुटबलका गतिविधिहरुमा पुनः सक्रिय हुन थालेका थिए ।

थापाले भ्रष्टाचार गरेको, घुस लिएको र विभिन्न धाराहरु उल्लंघन गरेको ठहर फिफाको अनुशासन समितिले गरेपछि उनी दश वर्षे प्रतिबन्ध र २१ लाख जरिवानामा परेका थिए । प्रतिबन्ध अवधिमा उनले सामाजिक सन्जाल र मिडियाहरुमार्फत् एन्फाको गतिविधिको चर्को आलोचना गर्दै आफ्ना अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

यसबीच प्रतिबन्ध फुकुवा भए पनि एन्फाले साधारण सभामा आफूलाई रोक लगाउन सक्ने संकेत पाएको भन्दै उनले साधारण सभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दिएका थिए । अदालतको आदेशविपरीत एन्फा साधारणसभामा गणेश थापा र गौरव थापालाई रोक२१ वैशाखमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाकै पक्षमा फैसला गरेपछि उनी आज साधारण सभामा भाग लिन धुलिखेल गएका थिए ।