Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सात स्थानबाट राजावादीको जुलुस निस्किने, मैतीदेवीबाट लिङदेनको नेतृत्व

सात स्थानबाट राजावादीको जुलुस निस्किने, मैतीदेवीबाट लिङदेनको नेतृत्व
  • १६ जेष्ठ २०८२, बिहीबार १२:०२

काठमाडौं– राजसंस्था पुनस्र्थापनाको माग राख्दै आजबाट काठमाडौं केन्द्रित संयुक्त जनआन्दोलन सुरु हुँदैछ । संयुक्त जनआन्दोलन समितिको संयोजन र राप्रपाको नेतृत्वमा गणतन्त्र दिवसकै दिनबाट अनिश्चितकालीन आन्दोलन थालिएको हो ।

mulpatra

काठमाडौंको रत्नपार्कमा आयोजना गरिने जनप्रदर्शनअघि सात ठाउँबाट जुलुस निकालिने भएको छ । सबैतिरबाट आएका शान्तिपूर्ण जुलुस दिउसो दुई बजे रत्नपार्कमा आएर मिसिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार मैतीदेवी, सिफल, नक्साल, नारायणचौर, त्रिपूरेश्वर, सुन्धारा र अर्को एक ठाउँबाट जुलुस निकालिने छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतीदेवीबाट निस्किने जुलुसको नेतृत्व गर्ने उनले जानकारी दिए ।

mulpatra mulpatra mulpatra

आजै बजेट भाषण भएकाले लिङदेन संसद पनि जानुपर्ने छ । उनी आन्दोलनमा सहभागी भइसकेर ३ बजे सम्भवतः संसद जाने छन् ।
आज राजावादी सबै दल र घटकका नेताहरु आन्दोलनमा सहभागी हुने कार्यक्रम छ । संयुक्त जनआन्दोलन समितिका वयोवृद्ध संयोजक नवराज सुबेदी पनि आउनेछन् । यसअघि उनी तीनकुनेको आन्दोलनमा जाँदा प्रहरीको अश्रुग्यास खाएपछि भाग्नुपरेको थियो ।