रत्नपार्कमा राजावादी र एमालेको जुलुस आमनेसामने, प्रहरीले हटायो राजावादी
काठमाडौं– काठमाडौंको विभिन्न स्थानबाट निस्किएको नेकपा एमालेको ¥याली शान्तिबाटिका पुग्न थालेपछि त्यहाँ रहेका राजावादीहरूलाई प्रहरीले हटाएको छ ।

यतिखेर शान्तिबाटिक क्षेत्रको दृश्य हेर्ने हो भने वारि राजावादी, पारि एमाले र बीचमा बाक्लो संख्यामा प्रहरी रहेका छन् । सम्भावति दुर्घटनालाई मध्यनजर गर्दै दुवै पक्षलाई जम्काभेट हुन नदिने वातावरण प्रहरीले बनाएको हो । प्रहरी प्रशासनले २ बजेपछि मात्रै राजावादी समर्थकहरूलाई शान्तिबाटिकामा प्रवेश दिने यसअघि नै बताइसकेको छ ।
प्रहरीले रत्नपार्कमा भेला भएका राजावादी समर्थकलाई जमल तर्फ पठाइएको छ । सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रहरीले राजावादी समर्थकहरूलाई जमलतर्फ पठाएको हो । काठमाडौं सात स्थानबाट निस्किएको राजावादी आन्दोलन रत्नपार्कमा भेला हुँदै छ । भने एमालेको भद्रकाली हुँदै गएका जुलुुस रत्नपार्क हुँदै जमल पुगेको छ ।
![]() |
![]() |
![]() |
|---|
एमालेले गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने भन्दै काठमाडौंका विभिन्न स्थानबाट उत्सव ¥याली निकालेको छ । विभिन्न स्थानबाट निस्कने ¥याली भृकुटीमण्डपमा भेला भएर शान्तिवाटिकमा पुगेर सभामा परिणत हुने एमालेले जनाएको छ ।



