Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

विद्या सक्रिय राजनीतिकमा फर्किने संकेत, ओलीले रोक्लान्

विद्या सक्रिय राजनीतिकमा फर्किने संकेत, ओलीले रोक्लान्
  • २६ जेष्ठ २०८२, आईतवार १७:१९

काठमाडौं–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाएकी छन् । हाल उनी झापाको प्रदेशको एक कार्याक्रममा सहभागि भएकी छिन् ।

mulpatra

चीन भ्रमणबाट फर्किएपछि थप हौसिएकी विद्याले एमाले अध्यक्ष केपी ओलीकै गृह जिल्लामा पुगेर उनीमाथि दबाब सिर्जना सुरु गरेको एमालेभित्रै चर्चा च । तर एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गरेको भ्रमणलाई दबाब भन्न नमिल्ने बताउँछ ।

राष्ट्रपतिको दुई कार्यकाल सकेपछि घरमै रहेकी विद्यादेवी भण्डारीले सक्रिय राजनीतिको बाटो खोज्न थालेकी छन् । विद्यादेवीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीको गृहजिल्लामा पुगेर राजनीतिक सन्देश दिन खोजेकी छन् ।

mulpatra mulpatra mulpatra

विद्यालयका कार्यक्रमदेखि विभिन्न क्षेत्रको दौडधुपमा रहेकी भण्डारीले एमालेको नेतृत्व लिने दौडलाई तीव्र पार्दै लगेको टिप्पणी भइरहेका बेला उनको कोशी प्रदेशको भ्रमणलाई समेत महत्वका रुपमा हेरिएको छ ।
एमालेका नेता र सरकारका मन्त्री समेत सहभागी भएपछि यो विषय रणनीतिक हिसाबले पनि चर्किएको हो । भण्डारीले समेत आफु आवश्यक परे राजनीतिकमा फर्किने संकेत दिर्दै आएकी छिन् ।

चीनमा उनलाई उच्च महत्व दिएको भन्दै एमालेभित्र र बाहिर चर्चा चलिरहेको छ । तर यसलाई राजनीतिकमा फर्किने भनेर जोड्न नमिल्ने उपमहासचिव ज्ञवालीको तर्क छ ।

एकथरीले एमालेको शीर्ष नेताको रुपमा उनलाई प्रोजेक्सन गरिरहेकै बेला उनले चीन भ्रमण गरिन् । त्यसमा कतिपयले त उनलाई कम्युनिस्ट आन्दोलनको नेतृत्व लिन सुझाव दिएको समेत भन्न थालेका छन् ।

Image Source: © https://mulpatra.com

ओलीको जिल्लामा पुगेकी विद्यादेवी भण्डारीले स्थानीय तहका प्रमुख–उपप्रमुखहरुको सम्मेलनलाई सम्बोधन समेत गरिन् । सो राष्ट्रिय सम्मेलनमा मुलुकभरका २ सय ९१ वटा पालिकाहरुको उपप्रमुख तथा उपाध्यक्षहरुको सहभागिता रहेको छ । यस सम्मेलनमा आएका एमालेका नेता कार्यकर्ताले भण्डारीलाई राजनीतिकमा फर्किन आग्रह समेत गरेको उनीनिकट नेताहरुले बताउँछन् ।

एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विज्ञान प्रविधिको प्रयोग र समृद्धिको खाका समेत सुनाइन् ।

र, भण्डारीको सक्रियता चलिरहेकै बेला प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली पनि मोरङ पुगे । हेलोकोप्टरबाट मोरङको कटहरी गाउँपालिका– २ मा पुगेका ओलीले जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरे । उनले राजनीतिक र अरुको आलोचना गरेपनि एमालेभित्रको आन्तरिक विषय गरेनन् ।

राष्ट्रपति हुँदा यो विषयमा खास नबोलेकी भण्डारीले चीन पुगेर मदनबारे बोल्नुलाई धेरैले राजनीतिक सक्रियताको अभ्यास शुरु भएको सन्देशको अर्थमा लिएका छन् । विद्यादेवी भण्डारीले चीनमा पुगेको बेला समेत आफ्ना पति मदन भण्डारीबारेको प्रसंग कोट्याइन् ।

पछिल्लो समय एमालेका विभिन्न कार्यक्रममा पुग्नेदेखि विद्यालयका कार्यक्रममा समेत सहभागी हुँदै आफू सक्रिय राजनीतिमै रहेको भनिरहेकी उनले एमाले नेतृत्व हत्याउने प्रयास गरिरहेकी छन् ।
राष्ट्रपति जस्तो पद सफलतापुर्वक सम्हालिसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा आउने विषयलाई जनताले खास रुचाएको भने देखिन्न ।

एमाले अध्यक्ष केपी ओलीले अझैं १५÷२० वर्ष एमालेको नेतृत्व आफैले गर्ने भन्दै गर्दा भण्डारीले ओलीको स्वास्थ्य स्थितिबारे समेत टिप्पणी गरिसकेकी छन् । जसका कारण भण्डारीलाई एमालेमा फर्किन मुश्किल छ ।

ओली–विद्या तनाव चुलिने संकेत देखिएपनि कतिपय एमाले नेताहरुले भने ओलीकै सहमतिमा विद्याले एमालेको नेतृत्व लिने दाबी समेत गर्ने गर्छन् । यद्यपी विद्याको पुर्वबाट देखिएको सक्रिया भने अर्थपूर्ण देखिन्छ ।

संविधान कानूनले सक्रिय राजनीतिमा फर्किने विषयलाई कतै बन्देज नलगाएकाले व्यक्तिको नैतिकता र स्वतन्त्रताभित्र पर्ने चर्चा समेत हुंदै आएको छ ।

माओवादी केन्द्रमा उपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय बनिसकेको नजिरलाई देखाएर राजनीतिमा हाम फाल्ने प्रयास भने चलिरहेको छ । सर्वोच्च पदमा रहेको व्यक्तिले सक्रिय राजनीति रोज्न गलत हुने भन्दै आलोचना भने हुने गरेको छ । तर यस विषयमा प्रष्ट पारिएको छैन ।