Close

Recent Posts

विद्या सक्रिय राजनीतिकमा फर्किने संकेत, ओलीले रोक्लान्

विद्या सक्रिय राजनीतिकमा फर्किने संकेत, ओलीले रोक्लान्
  • २६ जेष्ठ २०८२, आईतवार १७:१९

काठमाडौं–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाएकी छन् । हाल उनी झापाको प्रदेशको एक कार्याक्रममा सहभागि भएकी छिन् ।

mulpatra

चीन भ्रमणबाट फर्किएपछि थप हौसिएकी विद्याले एमाले अध्यक्ष केपी ओलीकै गृह जिल्लामा पुगेर उनीमाथि दबाब सिर्जना सुरु गरेको एमालेभित्रै चर्चा च । तर एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गरेको भ्रमणलाई दबाब भन्न नमिल्ने बताउँछ ।

राष्ट्रपतिको दुई कार्यकाल सकेपछि घरमै रहेकी विद्यादेवी भण्डारीले सक्रिय राजनीतिको बाटो खोज्न थालेकी छन् । विद्यादेवीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीको गृहजिल्लामा पुगेर राजनीतिक सन्देश दिन खोजेकी छन् ।

विद्यालयका कार्यक्रमदेखि विभिन्न क्षेत्रको दौडधुपमा रहेकी भण्डारीले एमालेको नेतृत्व लिने दौडलाई तीव्र पार्दै लगेको टिप्पणी भइरहेका बेला उनको कोशी प्रदेशको भ्रमणलाई समेत महत्वका रुपमा हेरिएको छ ।
एमालेका नेता र सरकारका मन्त्री समेत सहभागी भएपछि यो विषय रणनीतिक हिसाबले पनि चर्किएको हो । भण्डारीले समेत आफु आवश्यक परे राजनीतिकमा फर्किने संकेत दिर्दै आएकी छिन् ।

चीनमा उनलाई उच्च महत्व दिएको भन्दै एमालेभित्र र बाहिर चर्चा चलिरहेको छ । तर यसलाई राजनीतिकमा फर्किने भनेर जोड्न नमिल्ने उपमहासचिव ज्ञवालीको तर्क छ ।

एकथरीले एमालेको शीर्ष नेताको रुपमा उनलाई प्रोजेक्सन गरिरहेकै बेला उनले चीन भ्रमण गरिन् । त्यसमा कतिपयले त उनलाई कम्युनिस्ट आन्दोलनको नेतृत्व लिन सुझाव दिएको समेत भन्न थालेका छन् ।

ओलीको जिल्लामा पुगेकी विद्यादेवी भण्डारीले स्थानीय तहका प्रमुख–उपप्रमुखहरुको सम्मेलनलाई सम्बोधन समेत गरिन् । सो राष्ट्रिय सम्मेलनमा मुलुकभरका २ सय ९१ वटा पालिकाहरुको उपप्रमुख तथा उपाध्यक्षहरुको सहभागिता रहेको छ । यस सम्मेलनमा आएका एमालेका नेता कार्यकर्ताले भण्डारीलाई राजनीतिकमा फर्किन आग्रह समेत गरेको उनीनिकट नेताहरुले बताउँछन् ।

एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विज्ञान प्रविधिको प्रयोग र समृद्धिको खाका समेत सुनाइन् ।

र, भण्डारीको सक्रियता चलिरहेकै बेला प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली पनि मोरङ पुगे । हेलोकोप्टरबाट मोरङको कटहरी गाउँपालिका– २ मा पुगेका ओलीले जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरे । उनले राजनीतिक र अरुको आलोचना गरेपनि एमालेभित्रको आन्तरिक विषय गरेनन् ।

राष्ट्रपति हुँदा यो विषयमा खास नबोलेकी भण्डारीले चीन पुगेर मदनबारे बोल्नुलाई धेरैले राजनीतिक सक्रियताको अभ्यास शुरु भएको सन्देशको अर्थमा लिएका छन् । विद्यादेवी भण्डारीले चीनमा पुगेको बेला समेत आफ्ना पति मदन भण्डारीबारेको प्रसंग कोट्याइन् ।

पछिल्लो समय एमालेका विभिन्न कार्यक्रममा पुग्नेदेखि विद्यालयका कार्यक्रममा समेत सहभागी हुँदै आफू सक्रिय राजनीतिमै रहेको भनिरहेकी उनले एमाले नेतृत्व हत्याउने प्रयास गरिरहेकी छन् ।
राष्ट्रपति जस्तो पद सफलतापुर्वक सम्हालिसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा आउने विषयलाई जनताले खास रुचाएको भने देखिन्न ।

एमाले अध्यक्ष केपी ओलीले अझैं १५÷२० वर्ष एमालेको नेतृत्व आफैले गर्ने भन्दै गर्दा भण्डारीले ओलीको स्वास्थ्य स्थितिबारे समेत टिप्पणी गरिसकेकी छन् । जसका कारण भण्डारीलाई एमालेमा फर्किन मुश्किल छ ।

ओली–विद्या तनाव चुलिने संकेत देखिएपनि कतिपय एमाले नेताहरुले भने ओलीकै सहमतिमा विद्याले एमालेको नेतृत्व लिने दाबी समेत गर्ने गर्छन् । यद्यपी विद्याको पुर्वबाट देखिएको सक्रिया भने अर्थपूर्ण देखिन्छ ।

संविधान कानूनले सक्रिय राजनीतिमा फर्किने विषयलाई कतै बन्देज नलगाएकाले व्यक्तिको नैतिकता र स्वतन्त्रताभित्र पर्ने चर्चा समेत हुंदै आएको छ ।

माओवादी केन्द्रमा उपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय बनिसकेको नजिरलाई देखाएर राजनीतिमा हाम फाल्ने प्रयास भने चलिरहेको छ । सर्वोच्च पदमा रहेको व्यक्तिले सक्रिय राजनीति रोज्न गलत हुने भन्दै आलोचना भने हुने गरेको छ । तर यस विषयमा प्रष्ट पारिएको छैन ।