Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

७० फेल भयो, विश्वमा ७० माथिका राजनीतिक शक्तिमा भएको ओलीको दाबी

७० फेल भयो, विश्वमा ७० माथिका राजनीतिक शक्तिमा भएको ओलीको दाबी
  • २६ जेष्ठ २०८२, आईतवार १६:२८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा ७० वर्षे उमेर हद फेल खाइसकेको बताएका छन् । अध्यक्ष ओलीले चीन र साइप्रसका कम्युनिष्ट पार्टीले पनि उमेर हद हटाएको उदाहरण दिए । स्वास्थ्यले साथ दिएसम्म र कार्यक्षमता भएसम्म आवश्यकताका आधारमा नेतृत्व गर्न सकिने बताएका थिए ।

mulpatra

अनेरास्ववियुको महाधिवेशन उद्घाटन समारोहका पहिलो वक्ता विश्वकान्त मैनालीले ७० काटेर राजनीतिबाट सन्यास लिएको भनेपछि ओलीले अब त्यो फेल भइसकेको बताए ।

ओलीले भने– विश्वकान्तजीले भन्नुभयो उहाँ अलि बुढो पनि हुनुभयो । अब एमालेमा ७० वर्ष उमेर फेल खाइसक्यो । म ७४ मा छु अब ४ वर्षअघि फर्किने कुरा भएन, ७० मा रिटायर्ड फेल खाएन त ? चीनमा २ पटकमात्र महासचिव र राष्ट्रपति बन्ने व्यवस्था थियो त्यो सी जिनपिङको पालामा निरन्तरताको आवश्यकता देखेपछि हटाइयो । उहाँ अहिले ७२ वर्ष भइसक्नुभयो । त्यहाँ ६५ वर्ष भनेको थियो, साइप्रसको कम्युनिस्ट पार्टीले पनि ६५ वर्ष उमेर हटायो । अब यसमा पार्टीेले आफ्नो आवश्यकता आधारमा निर्णय लिन्छ ।

mulpatra mulpatra mulpatra

अध्यक्ष ओलीले उमेर हदका कारण माधव नेपाल र झलनाथलाई अध्यक्षबाट नहटाएको भन्दै आवश्यकता नभएपछि हटाइएको बताए । मनमोहन अधिकारी ७८ वर्षसम्म अध्यक्ष भएको उदाहरण समेत ओलीले दिए ।