Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

राप्रपा–समितिकै कारण तुहिएको राजावादी आन्दोलनबाट प्रसाईपनि तर्किए के होला ?

राप्रपा–समितिकै कारण तुहिएको राजावादी आन्दोलनबाट प्रसाईपनि तर्किए के होला ?
  • २७ जेष्ठ २०८२, सोमबार १६:०८

काठमाडौं–राजावादीहरूले गत १५ जेठमा रत्नपार्कबाट आन्दोलन सुरु गरेका थिए । दोस्रो दिन माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका राजावादीले तेस्रो दिन बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । चौथो दिन नक्साल नारायण चौरमा प्रदर्शन गरे । त्यसपछि राजावादी आन्दोलन कसरी बढाउने भने अन्योलमा देखिएको छ ।

mulpatra

राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसहित राजेन्द्र लिङ्देन, कमल थापा र अन्य नेताको विकल्प खोज्न थालिएको छ । उनीहरुले राजावादी आन्दोलन निष्कर्षमा नपुराउने आन्दोलनमा सहभागि अन्य संगठनहरुले औल्याउन थालेका छन् ।
गत चैत १५ गतेको आन्दोलन हिंसात्मक बन्द राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नागारिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईमाथि मात्र दोष लगाएको थियो । बल्खुमा भएको कार्यक्रमलाई संम्बोधन गदै लिङ्देनले प्रसाईलाई सरकारले किन नपक्रिएको भन्दै विरोध गरेका थिए ।
राजावादी आन्दोलनमा नवराज सुवेदीको नेतृत्व सफल हुन नसकेको निष्कर्षसहित राजनीतिक दलबाहेक ४१ समूहले प्रश्न उठाएका छन् । यही जेठ २१ गते भएको समीक्षा बैठक नै भाँडिएपछि राजावादी आन्दोलनका संयोजक सुवेदीले विज्ञप्तिमार्फत आन्दोलनको स्वरूप परिवर्तन भएको घोषणा गर्दै स्थानीय तहसहित जिल्लाजिल्लामा आन्दोलन गर्ने बताएका थिए । त्यसमा राजेन्द्र लिङदेनले मनसुनका कारण अहिलेको चरणका आन्दोलन सकिएको आशय व्यक्त गरेका थिए ।

तर, राजनीतिक दलबाहेक आन्दोलनमा सहभागी समूहहरूले आन्दोलनलाई अझ सशक्त बनाएर लैजानुपर्ने बताएका छन् । उनीहरूले नेकपा (एमाले)बाट निकालिएका नेता रावल, कांग्रेस नेता शंकर भण्डारी, नेपाली कांग्रेस बीपीका नेता कर्णबहादुर मल्लसहितसँग कुरा भइरहेको भन्दै सुवेदीलाई संयोजकबाट हटाएर नयाँ ढंगले अघि बढ्ने बताएका थिए ।

mulpatra mulpatra mulpatra

विगतमा कुनै पनि परिवर्तन भोटबाट नभएको भन्दै लिङ्देनले आन्दोलनकै बलमा व्यवस्था बदलिएको स्मरण गराए । उनले जनताले व्यवस्थाको विकल्प खोजेको दाबी गरे । ‘हामी गणतन्त्र आन्दोलनबाटै फेर्न चाहन्छौँ । जनताले विकल्प खोजिराखेको छ,’ उनले भने ।

उनले बेलायतमा राजसंस्था पुनस्र्थापना भएको स्मरण गराउँदै नेपालमा पनि गणतन्त्र ढालिछाड्ने उद्घोषसमेत गरे । ‘यो गणतन्त्र ढिलोचाँडो ढल्छ, ढल्छ,’ उनले भने, ‘ बेलायतमा के भएको थियो भनेर इतिहास पढ्नुस् ।’ त्यसैबिच, राप्रपा नेपालका कार्यकर्ताले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका छन् ।

यति जोस देखाएका लिङ्देन राजावादी आन्दोलनबाट पछि हटेका छन् । उनले असारजस्तो समयमा आन्दोलन गर्नु नहुने तर्क समेत दिन थालेका छन् । केही आन्दोलनका लागि जोसिएका कमल थापा पनि अहिले चुपचाप छन ।
यता ४१ समूहले भने प्रसाई जतिको नेता राजावादी आन्दोलन हाँक्न आवश्यक रहेको बताउन थालेका छन् । सुवेदी, थापा र लिङ्देनले राजावादी आन्दोलन आफनो लागि गरेको उनीहरुको आरोप छ ।
राप्रपाका एक नेताका अनुसार ४१ समूहले अहिले प्रसाईलाई छुटाएर राजावादी आन्दोलन अघि बढाउनुपर्ने जानकारी दिए । अहिले राजावादी आन्दोलन रोकियो । सरकारले विफल पारेको निष्कर्ष निकालेको छ ।

Image Source: © https://mulpatra.com