Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सहकारी नियमन प्राधिकरण अध्यक्ष बन्न ६ जनाको मात्रै आवेदन, सबै राजनीतिक प्रतिनिधि

सहकारी नियमन प्राधिकरण अध्यक्ष बन्न ६ जनाको मात्रै आवेदन, सबै राजनीतिक प्रतिनिधि
  • २७ जेष्ठ २०८२, सोमबार १७:५७

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि जम्मा ६ जनाले आवेदन दिएका हुन् । यसले सहकारी समस्याको समाधान कति जटिलतापूर्ण छ भन्ने दर्शाएको छ ।

mulpatra

समस्याग्रस्त सहकारी संस्थाहरुको नियमन र सुपरिवेक्षणमा भइरहेको हतारो टार्न आधा दर्जन उमेदवारहरुमात्रै अग्रसर देखिएका छन् ।

प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भन्दै दरखास्त आह्वान गरेको थियो । सोही अनुसार भावी अध्यक्षका लागि केवल ६ जनामात्रै उमेदवार बनेका छन् ।

mulpatra mulpatra mulpatra

यसमा रोचक विषय चाहीँ आवेदन दिने ६ मध्ये ३ जना पौडेल छन् । नेपाल राष्ट्र बैंकको गभर्नर पदमा अप्रत्यासित ढंगले डा. विश्वनाथ पौडेल नियुक्त भएपछि ‘चियागफ’हरुमा पौडेल थरबारे चर्चा भएको थियो ।

प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि भनेर सिफारिस समितिले ११ जेठमा दरखास्त आव्हान गरेको थियो । उक्त समितिको निर्णय अनुसार गत आइतबार (जेठ २५) सम्ममा निवेदन दिइसक्नु पर्ने थियो ।

समितिका अनुसार विज्ञ सदस्य पदमा भने पाँच जनाको आवेदन परेको छ । गत माघमा प्राधिकरणको स्थापना भएपछि अब उक्त प्राधिकरणको सञ्चालक समितिलाई पूर्णता दिने कोसिस भइरहेको छ ।

Image Source: © https://mulpatra.com

अहिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माले प्राधिकरणको निमित्त अध्यक्षको जिम्मेवारीमा काम गरिरहेका छन् ।

नेतृत्वमा पुग्न मानिसहरुको आकर्षण नहुनुले उक्त पदको गरिमाभन्दा त्यहाँ पहिलेदेखि नै थुप्रिएको दायित्वको भारीप्रति धेरैको ध्यान गएजस्तो देखिएको छ ।

त्यसमा पनि समस्याको बीउ रोपेका र त्यसलाई संरक्षण गर्दै आएका परितोष पौड्याल यो दौडमा सबैभन्दा अगाडी देखिएका छन् । उनी बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफुस्कुन)का निवर्तमान अध्यक्ष हुन् ।

बचत तथा ऋण सहकारी संस्थाहरुले सर्वसाधारणको बचत दुरुपयोग गरेर अहिलेको समस्या आएको हो । यस्तो कार्यमा थुप्रै सहकारी सञ्चालकको संरक्षण गर्नमा पौड्यालले भूमिका खेलेको कतिपयले बताउने गरेका छन् ।

उनी बाहेक सोही प्राधिकरणको अध्यक्षका रुपमा काम गरिसकेका अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल र राष्ट्र बैंककै निर्देशक डा. हरिकुमार नेपालले पनि प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएका छन् ।

तत्कालीन सहकारी विकास बोर्डका सदस्य सचिव डा. खगेन्द्र शर्मा र राष्ट्रपति कार्यालयका निर्देशकका रूपमा काम गरिरहेका अनिल पौडेलले पनि आवेदन दिएका छन् ।