एमाले भएका कारण कार्यकर्ता भेटघाट गर्न कसैसँग अनुमति लिनु पर्दैन : भण्डारी

एमाले भएका कारण कार्यकर्ता भेटघाट गर्न कसैसँग अनुमति लिनु पर्दैन : भण्डारी
  • २८ जेष्ठ २०८२, मंगलवार ११:१९

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति हुनुभन्दा पहिला एमाले भएकाले कार्यकर्ताहरूसँग भेटघाट गर्दा कोहीसँग परामर्श लिनु नपर्ने बताएकी छिन् ।

mulpatra

मङ्गलवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भण्डारीले एमालेका धेरै नेता तथा कार्यकर्तासँग सम्पर्क भएकाले भेटघाट भइरहेको र यसरी भेटघाटका लागि कोही अनुमति लिइरहनु नपर्ने बताइन । उनले पार्टीमा चिनजान ठूलै छ । पुरानो राजनीतिक इतिहास छ । पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविक भएको उनको तर्क छ ।

संगठित सदस्यता नलिँदैदेखि नै काम गरेको पार्टी एमाले भएकाले यसका कार्यक्रमहरू सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको भण्डारीको दाबी छ । जहाँ जसरी हुन्छ काम गर्ने बताइन् । भण्डारी कोशी प्रदेशका मोरङ सुनसरी र झापामा भएका कार्यक्रममा सहभागी भएर आज काठमाडौँ फर्किएकी छन् ।

mulpatra mulpatra mulpatra

भण्डारी झापामा भएको बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको नाम नलिई टिप्पणी गरेका थिए । सोही विषयमा पत्रकारले राखेको जिज्ञासामा भण्डारीले ‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले पनि एमालेमा काम गरेको दाबी गरिन् ।