Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

एमालेभित्र ७० वर्षे उमेरहद हट्यो, विधान महाधिवेशनपछि कार्यान्यवनमा लैजाने ओलीको तयारी

एमालेभित्र ७० वर्षे उमेरहद हट्यो, विधान महाधिवेशनपछि कार्यान्यवनमा लैजाने ओलीको तयारी
  • २८ जेष्ठ २०८२, मंगलवार ११:५२

काठमाडौं– नेकपा एमालेको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर सीमाको प्रावधान बहस गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अलग सन्दर्भमा दिएको सार्वजनिक वक्तव्यले यो विषय आगामी विधान महाधिवेशनमा प्रवेश पाउने भएको छ ।

mulpatra

कीर्तिपुरमा अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै (आइतबार, २५ जेठमा) प्रधानमन्त्री ओलीले ७४ वर्ष पुग्दा पनि एमालेको अध्यक्ष रहेको सन्दर्भसहित उनले उमेर हदको विषय फेल खाइसकेको तर्क गरेका थिए । उनले ‘अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ?’

उमेर हदको विषय फेल खाइसकेको जिकिर ओलीले पटक पटक गदै आएका छन् । ओलीले उमेरहद लागू भएपछि पनि उनी पार्टी अक्ष्यक्ष बनेका छन् । ‘चीनमा दुईपटक मात्र अध्यक्ष हुन पाउने नियम बनाएको थियो’, ओलीले तर्क गरे, ‘सी जिङफिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिष्ट पार्टीले ६५ वर्षे हद लगाएको थियो, तर अहिले ७२ पुगिसक्नुभयो सी जिङपिङ ।’ तर्क गरेका थिए । यसका कारण पनि एमालेमा ७० उमेरहद हटेको धेरैको अनुमान छ ।

mulpatra mulpatra mulpatra

अनेरास्ववियुको सम्मेलनमा मात्र नभएर ओलीले एमाले अध्यक्ष नछोड्ने दावी सहित बारम्बार सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । केही समय अगि मात्र एक कार्यक्रममार्फत् ओलीले अझै २०÷२५ वर्ष कुर्न आग्रह गरेका थिए ।

७४ वर्षका ओलीले अबको २५ वर्ष नछोड्ने भन्नुको अर्थ ९९ वर्ष पुग्दा समेत उनी एमालेको अध्यक्ष बन्न चाहन्छन् । त्यसको प्रतिवादमा एमालेभित्र कसैको पनि सार्वजनिक आवाज सुनिएको थिएन । तर आइतबार हिमालय टेलिभिजनको अन्तर्वार्ता कार्यक्रम ‘यक्ष प्रश्न’ मार्फत् वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र ७० वर्षे उमेर हदको प्रबन्ध कायमै रहेको तर्क गरेका छन् ।

ओलीको यही पृष्ठभूमिका कारण एमालेमा अब ७० वर्षे उमेर हद नरहने अनुमान चलिरहदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यो एजेण्डामा छलफल हुने बताएका छन् ।

Image Source: © https://mulpatra.com

एकीकृत समाजवादी सहितका केही पार्टीबाट आउने नेताहरुका लागि भनेर अन्तरिम कालका निम्ति ७० वर्षे सीमा हटाइएको पोखरेलले बताएका छन् । ‘त्यो व्यवस्था (पार्टी सचिवालयबाट ७० वर्षे उमेर सीमा निलम्बन गर्ने निर्णय) फर द टाइम बिइङ अन्तरिम एरेन्जमेन्ट गरेको हो, त्यो चाहिँ आउने महाधिवेशनले अनुमोदन गर्छ कि गर्दैन हेर्नु पर्नेछ’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भनेका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलको सार्वजनिक अभिव्यक्ति धेरेका निम्ति अनेपिक्षत छ । किनकि १९ जेठ २०८० मा बसेको एमाले सचिवालय बैठकले ७० वर्षे उमेर हदको व्यवस्था निलम्बन गर्ने निर्णय गरिसकेको थियो । ‘पार्टी विधानमा रहेको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने’, त्यो सचिवालय बैठकको निर्णय थियो ।

यदि विधान महाधिवेशनबाट उमेर हदको व्यवस्था कायमै राख्ने निर्णय भयो भने ओलीले पार्टी नेतृत्व छोड्नुपर्नेछ । उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापाहरु पनि विदा हुनेछन् । अहिले पोखरेल ७२, ज्ञवाली ७१, शाक्य ७१ र थापा ७० वर्ष पुगे ।

२०७१ असारमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट पहिलोपटक एमाले अध्यक्ष निर्वाचित भइरहँदा नै ओलीले पुरा कार्यकाल पनि नचलाई नेतृत्व हस्तान्तरण गर्ने सार्वजनिक प्रतिबद्धता गरेका ओली नै उमेरहद हटाउन पहल गरेको देखियो ।

यदि ओलीको प्रतिबद्धता लागू हुन्थ्यो भने वामदेव गौतम, ईश्वर पोखरेल हुँदै ११औं महाधिवेशनमा अरु तेस्रो व्यक्ति एमाले अध्यक्ष बन्ने दौडमा हुने थिए । तर अध्यक्ष निर्वाचित भएपछि ओलीले आफ्नो विकल्प खोज्नेहरुलाई एमाले र देश विरोधीको संज्ञा दिन थाले । २०७८ मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा पनि ओलीकै निम्ति पार्टी विधान–२०४९, लाई संशोधन गरेका थिए ।