Close

Recent Posts

गाडीमा मात्र १ खर्ब २९ अर्ब १७ करोड कर्जा लगानी

गाडीमा मात्र १ खर्ब २९ अर्ब १७ करोड कर्जा लगानी
  • २९ जेष्ठ २०८२, बुधबार ११:४८

काठमाडौं– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुबाट १ खर्ब २९ अर्ब १७ करोड रुपैयाँ गाडी कर्जा गएको हो ।

mulpatra

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा गाडी कर्जा ४.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ गाडी कर्जा प्रवाह भएको थियो । चालु आर्थिक वर्षको वैशाखसम्म बैंकहरुबाट सवा १ खर्ब रुपैयाँ बढी गाडी कर्जा प्रवाह भएको छ ।

समीक्षा अवधिसम्म बैंकहरुबाट व्यावसायिक प्रयोजनका लागि ८६ अर्ब ८३ करोड रुपैयाँ गाडी कर्जा गएको छ । गत असारसम्म व्यावसायिक प्रयोजनका लागि बैंकहरुबाट ८७ अर्ब २६ करोड रुपैयाँ गाडी कर्जा गएको थियो। असारको तुलनामा समीक्षा अवधिमा यो शीर्षकमा गएको कर्जा ०.५ प्रतिशतले घटेको छ ।

mulpatra mulpatra mulpatra

चालु आर्थिक वर्षको वैशाखसम्म बैंकबाट व्यक्तिगत प्रयोजनका लागि ४२ अर्ब ३३ करोड रुपैयाँ गाडी कर्जा गएको छ। जुन गत असारसम्मको तुलनामा १४.९ प्रतिशतले बढी हो। गत असारसम्म बैंकबाट ३६ अर्ब ८४ करोड रुपैयाँ गाडी कर्जा गएको थियो ।