कर्जामा कमिशनको चक्कर:लगानी नहुँदा बैंकमा थुप्रियो ६ खर्ब ९३ अर्ब

कर्जामा कमिशनको चक्कर:लगानी नहुँदा बैंकमा थुप्रियो ६ खर्ब ९३ अर्ब
  • ६ श्रावण २०८२, सोमबार १०:३६

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी क्षमता अत्यधिक भए पनि लगानी भएको छैन् । जसका कारण अहिले बैंकमा ६ खर्ब ९३ अर्ब रुपैयाँभन्दा बढी रकम राष्ट्र बैंकमै थन्किएको छ ।

mulpatra

हाल बैंकहरुसँग ९ खर्ब ५० अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखिएको छ, तर त्यसको ७० प्रतिशतजति राष्ट्र बैंकमै फिर्ता गएको छ । आर्थिक गतिविधि कमजोर बनेका कारण बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहँदै आएको छ, जुन राष्ट्र बैंकका लागि समेत चुनौती बनेको छ ।

कर्जा माग कमजोर हुँदा बैंकहरुले कर्जाको सट्टा राष्ट्र बैंकमा पैसा राखेर न्यून ब्याजमा चित्त बुझाइरहेका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ, तर माग नबढेसम्म लक्ष्य पुरा हुने सम्भावना कमजोर देखिन्छ । त्यसैले कर्जा बढाउन केही नीतिगत उपाय जस्तै घर कर्जाको सीमा २ करोडबाट ३ करोड, शेयर धितो कर्जा २५ करोडसम्म पु¥याइएको छ ।

तरलता घटाउन केन्द्रीय बैंकले ब्याजदर करिडोरको सीमा नै घटायो— बैंक दर ६.५ प्रतिशतबाट ६ मा झ¥यो भने निक्षेप संकलन दर ३ प्रतिशतबाट २.७५ मा झ¥यो। तर, यसले कर्जा प्रवाहमा भने खासै सुधार ल्याउन सकेन ।

आइतबार मात्र २० वटा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा ३ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी अल्पकालीन निक्षेप राखेका छन्— जसमा ५० अर्ब निक्षेप संकलन उपकरणमा र २ खर्ब ९३ अर्ब स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत राखिएको हो ।

त्यसैगरी, कृषि, लघु तथा मझौला व्यवसायमा बिना धितो १० लाखसम्म कर्जा दिन सकिने, विपन्न वर्गका लागि ३ लाखसम्म (महिलाका लागि ५ लाख) कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ ।

यद्यपि, लगानी वातावरण सुध्रिएन भने यस्ता नीतिगत लचकता पनि परिणाममुखी नहुन सक्ने अर्थविद्हरूको चिन्ता छ । कर्जा प्रवाह नबढ्ने हो भने मौद्रिक नीतिले अपेक्षा गरेअनुसार न आर्थिक स्थायित्व आउँछ, न त मुलुकको समग्र विकासमै गति आउँछ ।