पहुँचका आधारमा करोडमाथि अनुदान खाएर कृषि पेसा नगर्नेमाथि कारवाही गर्दै कृषि मन्त्री अधिकारी

पहुँचका आधारमा करोडमाथि अनुदान खाएर कृषि पेसा नगर्नेमाथि कारवाही गर्दै कृषि मन्त्री अधिकारी
  • ९ श्रावण २०८२, बिहीबार १२:००

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरुपयोग गर्नेहरूमाथि कारवाहीको प्रक्रिया अन्तिम चरणमा पुगेको पनि मन्त्री अधिकारीले बताएका छन् ।

mulpatra

उनले देशभर वितरण गरिएका अनुदानहरूको प्रयोगबारे छानबिन भई विवरण संकलन गरिएको र केही दिनमै कारवाही प्रक्रिया सार्वजनिक हुने बताए । ‘अब खास किसानले मात्र अनुदान पाउँछन्, पहुँचवालाले जथाभावी रूपमा करोडौँको अनुदान लैजाने अवस्था अन्त्य हुन्छ,’ उनले भने ।

अबदेखि निवेदनका भरमा अनुदान वितरण नहुने भन्दै कडा मापदण्ड बनाइएको उनको भनाइ छ ।

मन्त्री अधिकारीले अनुदानको मल वितरण प्रणाली पारदर्शी बनाइएको बताएका छन् । उनले अबदेखि कहाँ कति मल पठाइएको छ भन्ने विवरण सार्वजनिकरूपमा सबैले हेर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

विगतमा मल वितरणमा हुने गरेको लुकिछिपी र पक्षपात अन्त्य गर्दै अबदेखि प्राथमिकतामा पर्ने किसानले मल पाउने व्यवस्था सुनिश्चित गरिएको मन्त्री अधिकारीको भनाइ छ । उनका अनुसार सरकारले मलका लागि छुट्याएको ९८ प्रतिशत बजेट मलमै खर्च गरिएको छ ।

तर, उनले किसानको मागअनुसार जति मल दिन सकिने अवस्था नरहेको स्वीकार गरे । “हाम्रो क्षमताले मात्रै पुग्दैन, सबैले बुझिदिनु पर्छ,” मन्त्री अधिकारीले भने ।

कृषि मन्त्रालयका एक कर्मचारीका अनुसार कृषिको अनुदान लिएर यो पेसा नगर्ने ९ सयभन्दा बढी व्यक्तिलाई पहिलो चरणमा कारवाहीको तयारी भइरहेको जानकारी दिए । पहिलो चरणमा राजनीतिक र अन्य शक्तिका आडमा अनुदान लिएका माथि कारवाही हुन्छ । करोडमाथि अनुदान खानेलाई कारवाही हुने तयारी र छलफल भइरहेको उनको भनाइ छ ।