ल्हेन्देको बाढीले त्रिशूली जलविद्युत आयोजना क्षतिग्रस्त

काठमाडौं । आज बिहान देखि अकस्मात आएको बाढीले त्रिशूली जलविद्युत आयोजना क्षतिग्रस्त बनेको छ । करिब २ बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशुलीको जलस्तर बढेपछि त्रिशूली जलविद्युत आयोजनाको सवस्टेशनमा क्षतिग्रस्त बनेको हो ।
बाढी आएपछि रसुवा र नुवाकोटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । तिब्बतमा ठुलो पानी पर्ने सम्भावना रहेको सुचना नेपालतर्फ दिइएको भएपनि नेपालतर्फ भने पानी परेको थिएन ।
बुधबार अकस्मात ल्हेन्दे खोलामा बाढी आएपछि हिमताल विस्फोट भएको हो कि भन्ने आशंका गरिएको छ । असार २४ गते पनि सोही खोलामा अकस्मात बाढी आउँदा २८ जना वेपत्ता भएका थिए भने करोडौको क्षति भएको थियो ।
चीन र नेपाल जोड्ने मितेरी पुल सोही बाढीले बगाएको थियो । चीन र नेपालको व्यापारीक नाका ठप्प भएपछि दशैंलाई लक्षित बेलिब्रिज बताउने तयारी हुँदै गर्दा पुनः बाढी आएपछि अन्योल भएको छ ।