Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

साढे १५ करोड डलरको एमसीसी परियोजनामा सम्झौता,दुई प्रशारण लाइन निर्माण ठेक्का

साढे १५ करोड डलरको एमसीसी परियोजनामा सम्झौता,दुई प्रशारण लाइन निर्माण ठेक्का
  • ३० श्रावण २०८२, बिहीबार १९:३०

काठमाडौं – नेपाल र अमेरिकाबीचको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अन्तर्गत दुई ठूला विद्युत् प्रसारण लाइन निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ ।

mulpatra

सम्झौताले नेपालका लागि एउटा नयाँ युगको सुरुआत गरेको छ । विद्युत् प्रसारण प्रणालीलाई मजबुत बनाउन र देशभर सस्तो, विश्वसनीय र प्रभावकारी ऊर्जा वितरणको मार्ग प्रशस्त गर्नेछ ।

बिहीबार एमसीए–नेपाल, एन्जेलिक–स्किपर जेभी र वाइबा–सलासर जेभीका बीच सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा एमसीसीका कार्यवाहक नायब उपाध्यक्ष जोन विङ्गल, अर्थ सचिव घनश्याम उपाध्याय, कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्स, एमसीसीका आवासीय निर्देशक डायन फ्रान्सिस्को र एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग विष्ट उपस्थित थिए ।

mulpatra mulpatra mulpatra

सम्झौता अन्तर्गत रातमाटेदेखि न्यू दमौली र न्यू दमौलीदेखि न्यू बुटवलसम्मको २९७ किलोमिटर प्रसारण लाइनमध्ये १८० किलोमिटरको लाइनको डिजाइन, जडान, परीक्षण र निर्माण गरिने छ । यो परियोजना नेपालका लागि विद्युत् व्यापार र क्षेत्रीय सञ्जाल मजबुत बनाउनको लागि एक महत्त्वपूर्ण कदम हो ।

कार्यक्रममा कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले यो सम्झौतासँगै अमेरिकाले नेपालका दीर्घकालीन विकास र समृद्धिमा स्थायी प्रतिबद्धता देखाएको बताए । उनले भने‘नेपालमा विद्युत् र आर्थिक पूर्वाधार निर्माण मात्र नभई दीर्घकालीन विकासलाई पनि गति दिइरहेका छौं ।’

एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले भने,‘यो प्रसारण लाइन नेपालको समग्र विकासको लागि कोसेढुङ्गा सावित हुनेछ । यसले नेपालमा सस्तो र भरपर्दो विद्युत् प्रवाह सुनिश्चित गर्नेछ, जसले उद्योग, व्यवसाय र जनजीवनमा सकारात्मक असर पुर्याउने छ ।’

Image Source: © https://mulpatra.com

सम्झौतामा हस्ताक्षर गर्दै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग विष्टले यस परियोजनाको समयमै र प्रभावकारी कार्यान्वयनको प्रति आशा व्यक्त गरे । उनले भने,‘हामीले यस परियोजनालाई समयमै सम्पन्न गर्नका लागि कटिबद्ध छौं । परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर रहेको छ । यसले १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनहरूको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलाई समेट्नेछ ।’

एमसीसी नेपाल कम्प्याक्ट सम्झौताले नेपालको लागि नयाँ आर्थिक, सामाजिक र राजनीतिक सम्भावनाका ढोकाहरू खोलेको छ । उक्त परियोजनाले नेपाल र अमेरिकाबीचको सहकार्यलाई थप सुदृढ गर्नेछ । यसका साथै नेपालको दीर्घकालीन विकास र समृद्धिमा टेवा पुर्याउनेछ ।

सम्झौतामा अर्थ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको सक्रिय समन्वयले गर्दा एमसीसी परियोजनाका ठेक्का सम्झौतामा सफलता प्राप्त भएको हो । यो सम्झौता नेपालका लागि मात्र एउटा ठेक्का सम्झौतासम्म सीमित नभएर दुई राष्ट्रको विश्वास र समर्पणको मूर्त रुपको प्रतीक मानिएको छ ।