Close

Recent Posts

मनोहरा सुकुम्वासी बस्ती हटाउँदा झडप बर्खामा कहाँ जाने भन्ने पिरलोमा सुकुम्बासी

मनोहरा सुकुम्वासी बस्ती हटाउँदा झडप बर्खामा कहाँ जाने भन्ने पिरलोमा सुकुम्बासी
  • ३१ श्रावण २०८२, शुक्रबार १४:२२

काठमाडौं । भक्तपुरसँग सिमाना जोडिएको मनोहरा खोला किनारका सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । महानगरपालिकाले ठुलो संख्यामा प्रहरी, नगरप्रहरी परिचालन गर्दै डोजर चलाएपछि स्थानीयले नगर प्रहरी र नेपाल प्रहरी को टोलीमाथि ढुंगामुढा प्रहार गरेका छन् ।

mulpatra

नेपाल सरकारले विकास गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको जग्गा अतिक्रमण गरी बसेको बस्तीमा पटक पटक खाली गर्ने महानगरले निर्देशन दिएको थियो । महानगरको निर्देशन अवज्ञा गरि बसिरहेकाले डोजर चलाउँदा झडप भएको नगर प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिएका छन् ।

महानगरले डोजर प्रयोग गरि ३० वटा जति घर, टहरा भत्काइसकेको छ । अहिले पनि डोजर चलिरहेकोले सो क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरेको छ

तीन महिनाअघि नै सुकुम्बासी बस्तीमा बनेको घर टहरा हटाउन महानगरले भने पनि अटेर गरेर सुकुम्बासीहरु बसिरहेका थिए ।

यता सुकुम्बासी बस्तीमा बसीरहेकाहरुले बर्खायाममा सर्न भनेको र बसोवासको व्यवस्था गर्न खोजीरहेको बेला घर भत्काएर विचल्ली पारेको आरोप लगाएका छन् । भत्केको घरमा सामान बटुलिरहेका एकजना सुकुम्बासीले भने ‘मध्य बर्खामा घर सर्न भनेको थियो, बस्ने ठाउँ खोजिरहँदा तत्काल भेटिएन, पानी परिरहेको बेला हामी गएर कहाँ बस्ने ?