Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मनोहरा सुकुम्वासी बस्ती हटाउँदा झडप बर्खामा कहाँ जाने भन्ने पिरलोमा सुकुम्बासी

मनोहरा सुकुम्वासी बस्ती हटाउँदा झडप बर्खामा कहाँ जाने भन्ने पिरलोमा सुकुम्बासी
  • ३१ श्रावण २०८२, शुक्रबार १४:२२

काठमाडौं । भक्तपुरसँग सिमाना जोडिएको मनोहरा खोला किनारका सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । महानगरपालिकाले ठुलो संख्यामा प्रहरी, नगरप्रहरी परिचालन गर्दै डोजर चलाएपछि स्थानीयले नगर प्रहरी र नेपाल प्रहरी को टोलीमाथि ढुंगामुढा प्रहार गरेका छन् ।

mulpatra

नेपाल सरकारले विकास गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको जग्गा अतिक्रमण गरी बसेको बस्तीमा पटक पटक खाली गर्ने महानगरले निर्देशन दिएको थियो । महानगरको निर्देशन अवज्ञा गरि बसिरहेकाले डोजर चलाउँदा झडप भएको नगर प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिएका छन् ।

महानगरले डोजर प्रयोग गरि ३० वटा जति घर, टहरा भत्काइसकेको छ । अहिले पनि डोजर चलिरहेकोले सो क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरेको छ

mulpatra mulpatra mulpatra

तीन महिनाअघि नै सुकुम्बासी बस्तीमा बनेको घर टहरा हटाउन महानगरले भने पनि अटेर गरेर सुकुम्बासीहरु बसिरहेका थिए ।

यता सुकुम्बासी बस्तीमा बसीरहेकाहरुले बर्खायाममा सर्न भनेको र बसोवासको व्यवस्था गर्न खोजीरहेको बेला घर भत्काएर विचल्ली पारेको आरोप लगाएका छन् । भत्केको घरमा सामान बटुलिरहेका एकजना सुकुम्बासीले भने ‘मध्य बर्खामा घर सर्न भनेको थियो, बस्ने ठाउँ खोजिरहँदा तत्काल भेटिएन, पानी परिरहेको बेला हामी गएर कहाँ बस्ने ?

Image Source: © https://mulpatra.com