राज्य व्यवस्था समितिको निर्वाचन कार्यतालिकाः को बन्ला सभापति ?

राज्य व्यवस्था समितिको निर्वाचन कार्यतालिकाः को बन्ला सभापति ?
  • १० भाद्र २०८२, मंगलवार १०:५१

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद खाली भएपछि नयाँ सभापति चयन गर्ने प्रक्रिया अगाडि बढाइएको छ। संघीय संसद् सचिवालयले सोमबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म सभापतिका लागि मनोनयन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। दिउँसो सवा ४ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ भने बुधबार दिउँसो ३ बजे समितिको बैठक बसेर निर्वाचन सम्पन्न हुनेछ।

mulpatra

यसअघि समितिको सभापति नेपाली कांग्रेसका रामहरि खतिवडा थिए। तर साउन २८ गते संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा अनधिकृत छेडखानी भएको विषयमा विवाद उत्पन्न भएपछि उनले नैतिक कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए। संघीय संसद् नियमावलीअनुसार सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने बाध्यता भएकाले निर्वाचन प्रक्रिया सुरु भएको हो।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद दलगत भागबन्डाअनुसार नेपाली कांग्रेसको भागमा परेको छ। तर कांग्रेसले अहिलेसम्म आधिकारिक उम्मेदवार टुंगो लगाएको छैन। पार्टीले आज बोलाएको शिर्ष नेताहरूको बैठकले सभापतिको नामावली तय गर्ने तयारी गरेको एक महामन्त्रीले जानकारी दिएका छन्।

mulpatra mulpatra mulpatra

निर्वाचन प्रक्रियाअनुसार समितिको कुनै पनि सदस्यलाई सभापतिमा निर्वाचित गर्न अर्को एक सदस्यको समर्थनसहित मनोनयन गर्नुपर्नेछ।

लामो समयदेखि विवादित बनेको निजामती सेवा विधेयक लगायतका संवैधानिक तथा कानूनी विषयमा समितिको भूमिका महत्वपूर्ण हुने हुनाले समितिको नयाँ सभापति बन्ने दौडमा कांगं्रेस भित्र रस्साकस्सी हुने देखिएको छ ।

Image Source: © https://mulpatra.com