माछापुच्छ्रे बैंकको लाभांश घोषणा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष (२०८१/८२) को नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंक संचालक समितिको भदौ १३ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

घोषित लाभांशमध्ये ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर रहनेछन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।
बैंकले गत आर्थिक वर्षमा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ रहेको छ। ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माछापुच्छ्रे बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ।
![]() |
![]() |
![]() |
|---|
बैंकको प्रतिशेयर आम्दानी (EPS) १७ रुपैयाँ ३१ पैसा पुगेको छ, जसले वित्तीय स्थायित्व तथा शेयरधनीलाई दीर्घकालीन लाभ दिने संकेत गरेको छ।
यससँगै माछापुच्छ्रे बैंक गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो बाणिज्य बैंक बनेको छ।



