Close

Recent Posts

वृद्धवृद्धालाई वृद्धभत्ताभन्दा ‘स्नेह, साथ र सम्मान र मनोरञ्जन’को मुख्य साधन सामाजिक सञ्जाल भएपनि सरकारले बन्द गरेर अपराध गर्‍यो:प्रसाई

वृद्धवृद्धालाई वृद्धभत्ताभन्दा ‘स्नेह, साथ र सम्मान र मनोरञ्जन’को मुख्य साधन सामाजिक सञ्जाल भएपनि सरकारले बन्द गरेर अपराध गर्‍यो:प्रसाई
  • २० भाद्र २०८२, शुक्रबार १०:५९

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक अथवा परिवर्तनका अभियन्ता दुर्गा प्रसाईले ७० वर्ष नाघेका वृद्धवृद्धालाई सरकारले दिने वृद्धभत्ताभन्दा सामाजिक सञ्जाल र सहकार्यको वातावरण आवश्यक रहेको बताएका छन् । उनका अनुसार वृद्धवृद्धाको वास्तविक आवश्यकता पैसा मात्र नभई मानसिक सान्त्वना, समाजसँगको सम्बन्ध र सम्मान भएको बताएका छन् ।

mulpatra

प्रसाईले भने, ‘वृद्धभत्ताले केही समयका लागि खर्च त धान्छ, तर उनीहरूको जीवनमा एक्लोपन र उपेक्षाको पीडा कम हुँदैन । त्यसका लागि सामाजिक गतिविधि, भेटघाट, र समाजसँग निरन्तर सम्पर्क आवश्यक हुन्छ ।’

उनले वृद्धवृद्धालाई घर–परिवार, समाज र राज्यले ‘स्नेह, साथ र सम्मान’ दिने वातावरण बनाउन आग्रह गरे । सरकारले सामाजिक सञ्जाल बन्द गरेर वृद्धवृद्धालाई घर–परिवार, समाज र राज्यले ‘स्नेह, साथ र सम्मान’ दिनुको साटो उनीहरुको मनोरञ्जन खोसेको आरोप लगाएका छन् ।

mulpatra mulpatra mulpatra

प्रसाईको भनाइ

आज ७० वर्ष पार गरेका वृद्धवृद्धा लागि वृद्धभत्ताभन्दा पनि ठूलो आवश्यकता हो सामाजिक सञ्जाल । परिवार जति टाढा भए पनि यसकै माध्यमबाट भावनात्मक सम्बन्ध कायम रहेको छ र संसारलाइ नजिक बनाएको छ ।

परिवारको गर्जो टार्न नसकेर रोजगारी र उच्च शिक्षाका लागि बाध्यतावस विदेशिएका छोराछोरी र नातिनातिनीसँग अनुहार हेरेर खुसी साटासाट गर्ने बुढा बा आमाको एक मात्र माध्यम बनेको छ सामाजिक सञ्जाल। त्यही सञ्जाल बन्द गर्नु भनेको जघन्य अपराध सरह हो ।

Image Source: © https://mulpatra.com

केही गर्न सक्ने आँट र साहास छ भने लघुवित्त, सहकारी र बैंकबाट घरजग्गा लीलामी गरेर सडकमा पुर्याइएका र मर्न बाध्य बनाइएका नागरिकको सम्पत्ति फिर्ता गराउ ।

बैक र सहकारीहरुको कालो सूचीको खेल बन्द गरियोस। सामाजिक सञ्जाल होइन, नागरिकलाई अपमानित बनाउने गलत कालो सुचि प्रणाली बन्द गरियोस् । यति गर्न सके म मात्र होइन सारा नेपालीले सलाम गर्ने छन् ।