Close

Recent Posts

जबजलाई खिसीटिउरी, ओलीमा लोकतान्त्रीकरण आचरण देखियो त ?

जबजलाई खिसीटिउरी, ओलीमा लोकतान्त्रीकरण आचरण देखियो त ?
  • २० भाद्र २०८२, शुक्रबार २२:२८

काठमाडौं– एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका मुर्धन्य नेताहरु कुहिरोका कागजस्तै भएको टिप्पणी गरे ।

mulpatra

योसँगै उनले एमालेले मान्दै आएको र तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) लाई बिस्तारै किनारकृत गर्नेगरी ‘नेपाली विशेषताको समाजवाद’ अघि सार्नुपर्ने धारण राखे । विधान महाधिवेशनमा उनको प्रतिवेदनमा यस विषयलाई प्रस्ट पार्न खोजेका छन् ।


उनले शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले बचाउन कार्यकर्ताको महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउन भ्याए । ओलीले नेपाली विशेषताको समाजवादले प्रतिस्पर्धात्मक, जनमुखी र पारदर्शी आर्थिक नीति अवलम्बन गर्ने व्याख्या गरेका छन् ।

mulpatra mulpatra mulpatra

अध्यक्ष ओलीले अघि सारेको नेपाली विशेषताको समाजवादको मुख्य विशेषतामा नयाँ प्रगतिशील उत्पादनको सम्बन्धको विकासमा सहयोग,उत्पादक शक्तिको विकास, श्रमजिवी वर्गलाई आर्थिक न्याय र सुखद जीवनयापनको सुनिश्चितता, आर्थिक उत्पादनको प्रचुरता, समन्यायिक वितरण, सहकारिताको प्रयोग पर्यावरणको रक्षा, श्रमलाई प्रोत्साहन तथा उन्नयन, नवप्रवर्तन र आवश्यकता अनुरूप ग्रहण गर्दै तीव्र आर्थिक विकास सुनिश्चित हुर्ने उनको जोड छ ।

ओलीको यो प्रतिवेदनमा जबजलाई किनारा लगाउने संकेत देखिएको छ । उता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साउन पहिलो साता आफ्नै निवास भंगालमा केही सञ्चारकर्मीहरूसँगको भेटका क्रममा भनेकी थिइन्, ‘एमालेले जबज नै छोड्ने त होइन भन्ने चिन्ता लाग्न थालेको छ ।’ उनको यो चिन्ता विधान महाधिवेशनमा ओली प्रष्ट देखाउन खोजे ।

भण्डारीले सक्रिय राजनीति र पार्टी सदस्यताको बारेमा पार्टीभित्र र बाहिर समेत चर्को बहस भइरहेको थियो । अहिले उनको संगठिन सदस्यता नदिने निर्णय भइसकेको छ । महाधिवेशनमा त्यस विषयमा कुरा उठाउन ओलीले नै रोक लगाए । विधान महाधिवेशनमा दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने र ७० वर्षमाथि अध्यक्ष बन्न नपाउने प्रवाधान समेत हटाइँदै छ ।

Image Source: © https://mulpatra.com

नेकपा एमालेले पाँचौँ महाधिवेशन (२०४९ साल) देखि हालसम्म जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अँगाल्दै आएको छ ।

ओलीले आफैंभित्र लोकतान्त्रिक आचरण नहुने पार्टीले समाजमा पनि लोकतन्त्रको अगुवाइ गर्न सक्दैन भने एमालेको मान्यता भएको धारण राखे । यसको राजनीतिकबृत्तमा चर्चा समेत भइरहेको छ । सामाजिक सञ्जालमा उनको आचरण लोकतान्त्रिक छ र भन्ने प्रश्न समेत उठेको छ ।

ओलीको प्रतिवेदनमा जीवनभर जनताको बहुदलीय जनवादको आलोचना गर्ने, लोकतन्त्रीकरणका प्रश्नलाई खिसीटिउरी गर्ने भनेर उठान गरिएको छ । यसको छनोटपूर्ण विषय उठाएर (सेलेक्टिभ ढङ्गले) बहस गर्नु उचित हुँदैन भनेर समेटेको छ ।

कुनै पनि विषय अपरिहार्य, निर्विकल्प या हस्तान्तरण नहुने हुँदैन । तर परिस्थिति, सन्दर्भ, आन्दोलनको आवश्यकता र समग्र आयामलाई हेरेर यसको निर्योल गर्दै अघि बढनुपर्ने प्रष्ट पारिएको छ ।
पार्टीको लोकतान्त्रीकरणको सार पार्टीका सिद्धान्त, विचार र नीतिनिर्माणमा पार्टी पङ्क्तिको व्यापक सहभागिता, एकै जना व्यक्तिमा सम्पूर्ण अधिकार केन्द्रित गर्ने ‘महासचिवीय ढाँचाको ठाउँमा बहुपद सहितको सामूहिक नेतृत्व, पदाधिकारीहरू सिधै महाधिवेशनप्रति उत्तरदायी हुने निर्वाचन प्रणाली रहेको उल्लेख गरेका छन् ।

२४ सय नेता कार्यकर्तामाझ ओलीले बाइबलको कथा सुनाउँदै २०७८ सालमा दोस्रो पटक नेताहरुले पार्टी बिभाजन गरेर चोट लगाएपनि कार्यकर्ताको अडान र विश्वासका कारण पार्टीमा ठुलो क्षति हुन नपाएको उनको दाबी थियो ।
पार्टीको लोकतान्त्रीकरणको सार पार्टीका सिद्धान्त, विचार र नीतिनिर्माणमा पार्टी पङ्क्तिको व्यापक सहभागिता, एकै जना व्यक्तिमा सम्पूर्ण अधिकार केन्द्रित भएर महासचिवीय ढाँचाको ठाउँमा बहुपद सहितको सामूहिक नेतृत्वमा गएको थियो । महासचिवीय ढाँचा परिवर्तन भएको छ । तर अध्यक्ष प्रणालीमा गएपछि पार्टीमा कस्तो अभ्यास भयो भनेर मुल्याकंन गर्नुपर्ने उनको प्रतिवेदनमा भनिएको छ ।

पार्टी जीवनको लोकतान्त्रीकरण भनेको पार्टीको लक्ष्यसँग अविभाज्य ढङ्गले जोडिएको विषय भएको प्रतिवेदन पेश गरे । यसमा लोकतान्त्रीकरण लक्ष्यबाट बहकिएको अथवा त्यसलाई सघाउ नपुर्याउने खालको लोकतान्त्रीकरणको उपादेयता हुँदैन भनेर व्याख्या गर्न खोजेका छन् ।

यति मात्र होइन ओलीले पार्टीभित्रको नेतृत्व हस्तान्तरण र आन्तरिक लोकतन्त्रको विषयमा व्याख्या गर्दै प्रतिवेदन पेश गरेका छन् । उनले विधान महाधिवेशनमा शुक्रबार प्रतिवेदन पेश गर्दै उनले युवा पुस्ताको निरन्तर विकास र पुरानो पुस्ताको अविच्छिन्न मार्गदर्शन एकापसमा जोडिएका विषय भएको समेत धारण राखे । यसलाई विभाजनकारी रुपमा हेर्न नहुने र युवाले पार्टी बचाउन जस्तोसुकै मुल्य चुकाउनुपर्ने बताए । ‘परिस्थिति र आवश्यकताको आधारमा नेतृत्व हस्तान्तरण हुने उल्लेख गरेका छन् । नेतृत्वको निरन्तरताको बारेमा पार्टीको एउटा कोणबाट प्रश्न उठिरहेको छ । यसबारे महाधिवेशनमा नै सांकेतिक हो ।’ उनले भने ।

पार्टीमा बहस र निर्णय कार्यान्वयन परिपूरक विषय हुन्छ । अन्तरविरोधी होइनन् । मूल नेतृत्व र पदाधिकारीहरू एउटा टिम हुन्, स्वयम्भू र स्वायत्त टापुहरू होइनन्’ ओलीको प्रतिवेदनमा भनिएको छ । उनले युवा पुस्ताको निरन्तर विकास र पुरानो पुस्ताको अविच्छिन्न मार्गदर्शन एकापसमा जोडिएका विषय हुन्, विभाजनकारी नभएको प्रष्ट प्रतिवेदनमा उल्लेख छ ।
साथै, लोकतन्त्र र अनुशासन अन्तरसम्बन्धित हुन्, निषेधकारी होइनन् । होइनन् । त्यसैले यसलाई समष्टिमा हेर्नुपर्छ । यो एमालेको मुख्य लक्ष्य भएको उनले प्रतिवेदनमा प्रष्ट पार्न खोजेका छन् ।
एमालेको इतिहास र विरासत निकै लामो भएको उल्लेख गर्दै उनले नेताहरु कुहिरोका काग जस्तै बनेपनि कार्यकर्ताहरुले पार्टी जोगाउँदै आएको बताए ।

विगतलाई फर्किएर हेर्दा नवौं महाधिवेशनमा तत्कालिन एमालेका नेता घनश्याम भुषाले उठाएको कतिपय विषयहरु अहिले ओलीले उठाएका छन् । तत्कालिन रुपमा नेपालको सन्दर्भमा जनवादी क्रान्ति पूरा भइसकेको र मुलुक अर्धसामन्ती–अर्धऔपनिवेशिक अवस्थामा पनि नरहेकाले त्यसलाई परिमार्जन गर्नपर्छ भन्ने घनश्याम भुसालको प्रतिवेदनमा उल्लेखित कुराहरु पास भए पनि नेतृत्व ओलीको हातमा पुगेको थियो । त्यतिबेलै देखि उनले ‘जनताको बहुदलीय जनवाद (जबज) स्थिर नहुने, समयसापेक्ष परिमार्जन गर्नुपर्ने मत राख्दै आएका थिए । सोही सन्दर्भलाई जोड्दै उनले जबजको च्याप्टर क्लोज भइसकेको समेत बताएका थिए । ‘जनताको बहुदलीय जनवाद भनेको अर्धसामन्ती अर्धऔपनिवेशिक मुलुकमा गरिने क्रान्तिको सिद्धान्त हो, अब हामीले आफैं के भन्यौं भने अर्धसामन्ती–अर्धऔपनिवेशिक मुलुक रहेन, जनवादी क्रान्ति पूरा भयो । भनेपछि, हाम्रा लागि त्यो च्याप्टर क्लोज भएको छ ।’ भुषालको प्रतिवेदनमा भनिएको थियो ।

अहिले घनश्याम भुषाल एमालेमा छैनन तर ओलीले दोश्रो विधान महाधिवेशनमा जबजको विषयमा कुरा गर्दै ‘परिस्थिति, सन्दर्भ, आन्दोलनको आवश्यकता र समग्र आयामलाई हेरेर यसको निर्योल गर्दै अघि बढनुपर्ने’ भनिरहँदा उनै घनश्याम भुषालको ‘च्याप्टर क्लोज’ को दिशा तिरै ओली लागेका हुन भन्ने जिज्ञासा धेरै प्रतिनिधिहरुमा देखिएको छ ।

एमाले निर्माणमा लागेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम अहिले उक्त पार्टीमा छैनन् । नेपाल र खनालले उनै ओलीसँग विद्रोह गरेर २०७८ सालमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए ।
पछिल्लो समय गौतम पनि नेकपा एकीकृत समाजवादीमा पुगेका छन् । ओलीले उनीहरुलाई एमालेको दुश्मन र अन्तरविरोधीको दर्जामा राखेका छन् ।

कोके देखि माले हुँदै एमाले निर्माणमा महत्वपूर्ण भुमिका खेलेका कम्युनिष्ट नेताहरु पाखा लगाएकोले ‘अब एमालेमा कुनै गुट छैन’ भनी ओलीले विकल्परहित एकल नेतृत्व बुझीरहँदा जबजकै प्रणेता मदन भण्डारीकी पत्नी पुर्व पार्टी उपाध्यक्ष, पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवादले उनको बुझाइलाई झापड हानेको भान परेको छ । त्यसैले पनि उनले जबजमाथि धावा बोलिरहेको धेरैको बुझाइ छ ।