विधान महाधिवेशनमा आफ्नै फरक मतबारे बोल्न पाएनन् कर्ण थापा
काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टी विधान महाधिवेशनमा आफ्नो फरक मतबारे कुरा राख्न पाएनन् । समय अभाव भन्दै अध्यक्ष ओलीले उनलाई बोल्न नदिएको हो ।

गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनमा थापाको ३२ पृष्ठ लामो फरक मत प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको भए पनि अध्यक्ष केपी शर्मा ओलीले समय अभावको कारण देखाउँदै प्रस्तुति रोकिदिएका हुन् ।
ओलीले थापाको विषय समूहगत छलफलमा लैजानुपर्ने भन्दै हलमै फरक मत राख्न नदिएपछि थापा करिब १५ मिनेटसम्म उभिएका थिए । यद्यपि उनले तयार पारेको फरक मत भने प्रतिनिधिहरूलाई वितरण गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|
थापाले आफ्नो फरक मतमा तीनवटा प्रमुख विषय उठाएका छन्— पार्टीभित्रको आन्तरिक लोकतन्त्र हराएको, संगठनात्मक संरचना गुटीय स्वरूपमा सीमित भएको, र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिबाट रोक्न नहुने ।
उनको भनाइमा, एमाले नेतृत्वकै समयमा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको छ र पार्टी कार्यालयसमेत गुटबन्दी गर्ने थलो बनेको छ । यसैबीच, विधान महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र महासचिवले प्रस्तुत गरेका प्रस्तावमा समूहगत छलफल जारी छ ।



