Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

जेनजी आन्दोलनमा संसद् भवनकै सुरक्षा गर्न किन चुके गृहमन्त्री रमेश लेखक

जेनजी आन्दोलनमा संसद् भवनकै सुरक्षा गर्न किन चुके गृहमन्त्री रमेश लेखक
  • २३ भाद्र २०८२, सोमबार १७:०९

काठमाडौं– जेनजी पुस्ताको आन्दोलनले राजधानीमा चर्को माहोल सिर्जना गरिरहेको बेला संसद् भवनकै सुरक्षा चुनौती बनेको छ । आन्दोलनकारीहरू संसद् भवनको आसपास सम्म पुग्दा गृहमन्त्री रमेश लेखक नेतृत्वको गृह प्रशासनको सुरक्षा तयारीमाथि प्रश्न उठेको छ ।

mulpatra

सुरक्षा निकायबीच समन्वय अभाव देखिएको र संसद् भवनजस्तो संवेदनशील क्षेत्रलाई सुरक्षित गर्न सरकारले पर्याप्त ध्यान नदिएको आलोचना भइरहेको छ । राजनीतिक असन्तुष्टि सडकमा आउँदा पनि राज्यका संवेदनशील संस्थाको सुरक्षा प्राथमिकतामा हुनुपर्छ, तर यो आन्दोलनमा गृह मन्त्रालय चुकेको देखियो ।

जेनजी आन्दोलनका क्रममा संसद् भवनको वरिपरिको सुरक्षा कडा हुनुपर्नेमा गृहमन्त्री रमेश लेखक यसमा चुकेको आरोप लागेको छ । आन्दोलनकारीहरू सहजै संसद् भवन नजिकै पुग्न सक्ने अवस्था बनेपछि गृह प्रशासनको तयारी, खटाइएको सुरक्षाकर्मीको भूमिका र सम्भावित जोखिमप्रति उदासीनता देखिएको छ ।

mulpatra mulpatra mulpatra

प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ । प्रहरीको रबर बुलेटबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।

कफ्र्यु आदेश कार्यान्वयनको शीलशीलामा प्रहरीले रबर बुलेट चलाउँदा तीन जना घाइते भएको प्रहरीले बताएको छ । माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवन परिसर भित्र छिर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो ।

Image Source: © https://mulpatra.com

जेनजीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कफ्र्यू जारी भएपछि सेना परिचालन भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कफ्र्यू लगाइएको थियो । त्यसपछि सेना परिचालन गरिएको हो ।

जेनजीहरुको प्रदर्शनमा संसद भवनभित्र समेत प्रदर्शनकारी छिरेका थिए । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका हुन् ।

जेनजी प्रदर्शनले निषेधित क्षेत्र तोड्दै बानेश्वरकेन्द्रित भएपछि भीड प्रहरी नियन्त्रणबाहिर पुगेको थियो। सो क्रममा प्रदर्शनकारी संसद्को गेट नाघेर भवनभित्रै छिरेका हुन् ।

जेन जीको प्रदर्शन अशान्तपूर्ण भएपछि तत्कालै सबैलाई फर्किन आह्वान गरिएको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो ।

यसअघि आन्दोलनको बारेमा पोस्ट गर्दै आएको पेजमा लेखिएको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’

प्रहरीले अश्रुग्यास र हवाइ फायर गर्दा समेत भीड नियन्त्रणमा नआएपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वरचोकदेखि दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म कफ्र्यु आदेशजारी भएको छ ।