Close

Recent Posts

बालेन शाहलाई ३ बजेभित्र आन्दोलनको नेतृत्व गर्न जेनजी समूहको अल्टिमेटम

बालेन शाहलाई ३ बजेभित्र आन्दोलनको नेतृत्व गर्न जेनजी समूहको अल्टिमेटम
  • २४ भाद्र २०८२, मंगलवार १२:१९

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध भोलि हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले खुला रुपमा समर्थन जनाएका थिए ।

mulpatra

अहिले यही समूहले बालेनलाई तीन बजेभित्र आन्दोलनको नेतृत्व लिन अल्टीमेटम दिएका छन् । नत्र बालेनलाई पनि नेता नमान्ने उनीहरुले चुनौती दिएको जेनजी समूहका एक जना युवाले जानकारी दिए । उनका अनुसार बालेनमा साथ जेनजीले खोजेको छ । उनले नेतृत्व लिहोस भनेर हामीले आग्रह गरेको छौं । तर अहिलेसम्म केही प्रक्रिया नभएको उनको भनाइ छ ।

यस विषयमा बालेन शाहले कुनै प्रतिक्रिया दिएका छैन ।

mulpatra mulpatra mulpatra

मेयर बालेनले प्रदर्शनमा कुनै पार्टी, नेता, कार्यकर्ता वा सांसदले आफ्नो स्वार्थ पुरा गर्न नआउन पनि आग्रह गरेका छन् । उनी भन्छन्, “यो स्वतन्त्र ¥याली हो, जसमा कुनै राजनीतिक स्वार्थ नहुने हो भने मात्र यसले अर्थ राख्नेछ ।

नयाँ पुसताका युवा जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा आज देशैभर आन्दोलन भइरहेको छ । कफ्र्यु आदेशका बाबजुत पनि देशका धेरै ठाउँमा युवाहरुले प्रदर्शन गरिरहेका छन् ।

काठमाडौं उपत्यका तीनै जिल्लामा कफ्र्यु आदेश भए पनि सबै ठाउँमा प्रदर्शन भइरहेको छ । उपत्यकामा चक्रपथभित्र कफ्र्यु आदेश जारी गरिएको छ । तर, प्रदर्शन रोकिएको छैन । आन्लोदनका १९ जनाको मृत्यु भएको छ ।

Image Source: © https://mulpatra.com