जेन एन नयाँ कोर्सको आन्दोलनपछि विदेशी हस्तक्षेपबाट देशलाई जोगाउनुपर्छ: वैरो संघ प्रथम उपाध्यक्ष श्रेष्ठ

जेन एन नयाँ कोर्सको आन्दोलनपछि विदेशी हस्तक्षेपबाट देशलाई जोगाउनुपर्छ: वैरो संघ प्रथम उपाध्यक्ष श्रेष्ठ
  • २५ भाद्र २०८२, बुधबार १२:३६

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठले जेन जी आन्दोलनपछि नेपालमा विदेशी हस्तक्षेप बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा जेनजी आन्दोलन स्वदेशी मुद्दाबाट निर्देशित भएपनि राजनीतिक अस्थिरता दीर्घकालीन बन्न गए बाह्य शक्तिहरूले त्यसलाई आफ्नो स्वार्थअनुसार उपयोग गर्ने सम्भावना रहेको टिप्पणी गरे । यस विषयमा नेपाली नागरिक सचेत हुनुपर्ने धारण राखेका छन् ।

mulpatra

नेपालको स्वाधीनता, आत्मनिर्णय र भौगोलिक अखण्डताविरुद्ध रणनीतिकमाथि हस्तक्षेप हुने आशंका गदै त्यसका लागि सबै नागरिक सचेत हुनुपर्ने समेत बताए । ‘जेन–एन परिवर्तनको एउटा स्वाभाविक कोर्स हो, अहिलेको आन्दोलनपछि बाह्य हस्तक्षेप हुनु हुँदैन । जेन–एन आन्दोलन कुनै आकस्मिक घटना होइन, यो पुस्तागत रूपान्तरणको स्वाभाविक प्रक्रिया हो । त्यसैले यो आन्दोलनपछि राजनीतिक वा बाह्य शक्तिको अनावश्यक हस्तक्षेप हुनु हुँदैन ।’ उनले भने ।

नेपालमा विदेशी हस्तक्षेप बढ्दा त्यसको प्रभाव हाम्रो शन्ति क्षेत्र र राजनीतिकमा पर्ने उनको भनाइ छ । यसलाई रोक्न र समाधानका लागि जेन एन पुस्ताले अग्रसर हुनुपर्ने उनको सुझाव छ ।

उनको स्टाटस