Close

Recent Posts

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, मृतकको पोस्टमार्टम सुरु

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, मृतकको पोस्टमार्टम सुरु
  • २७ भाद्र २०८२, शुक्रबार १३:२६

काठमाडौं– जेन–जी आन्दोलनमा मारिनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले दिएको जानकारीअनुसार यही भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा मृत्यु भएकाको संख्या ५१ पुगेको हो ।

mulpatra

यसमा ३ जना प्रहरी, १ भारतीय नागरिक र बाँकी नेपाली युवा छन् । प्रदर्शनको पहिलो दिन १९ जना जेन–जीको मृत्यु भएको थियो भने पछि उपचारका क्रममा घाइतेहरूको मृत्यु हुँदा मृतकको संख्या शुक्रबार ५१ पुगेको हो ।

मबारको जेनजी प्रदर्शनबाट मृत्यु भएका शवको पोस्टमार्टम सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरी ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भएको जानकारी दिए ।

mulpatra mulpatra mulpatra

हालसम्म विभागमा ३६ वटा शव पुगेका छन् । जसमध्ये एक जनाको परिचय खुल्न सकेको छैन । ‘पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ,’ डा. चौधरीले अनलाइनखबरसँग भने, ‘ आफन्तले जिल्ला प्रहरी परिसर काठमाडौंबाट पत्र ल्याएको अवस्थामा पोस्टमार्टम गर्ने छौं ।’

उनका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौबाट पोस्टमार्टम गर्ने र शव बुझन्ने पत्र ल्याउनुपर्ने छ । अहिले यस्तो पत्र ९ जना आफन्तले ल्याएका छन् ।