Close

Recent Posts

जेनजीलाई आग्रह पहिला सुदन गुरुङका बारेमा प्रष्ट पारौं, उनीमाथि दार्जिलिङकाे नागरिकसहित अनेक आरोप

जेनजीलाई आग्रह पहिला सुदन गुरुङका बारेमा प्रष्ट पारौं, उनीमाथि दार्जिलिङकाे नागरिकसहित अनेक आरोप
  • २७ भाद्र २०८२, शुक्रबार १७:५०

काठमाडौं– जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई भारतीय नागरिक भएको भनेर विभिन्न भारतीय सञ्चारमाध्यमले नै बताइरहेका छन् । उनी भारतको दार्जिलिङका नागरिक भएको समेत सामाजिक सञ्जालमा आरोप लगाइरहेका छन् ।

mulpatra

उनले हिजो मात्र पत्रकार सम्मेलनमा २० जना भाइहरु मरे अब ३० जनाको ज्यान जाने गरी आन्दोलन गर्ने धम्की दिएका थिए । अहिले उनै गुरुङमाथि प्रश्न समेत उठेको छ ।

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई वार्ताका लागि भन्दै शीतलनिवास बोलाएर कुराएको कुरायै राखिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न भन्दै शीतलनिवास हाल उनी छन् । तर उनको चर्चा पश्चिम भारत कोशी प्रदेशमा दार्जिलिङका नागरिक हुन् भनेर भइरहेको छ । यस विषयमा जेनजी समुहले प्रष्ठ आफनो धारण राख्नुपर्ने माग समेत भइरहेको छ ।

‘हामी नेपाल’ स्थापना गर्नुअघि गुरुङ इभेन्ट म्यानेजमेन्टमा संलग्न थिए। उनी नामक नाइट क्लबका मालिक पनि भएको चर्चा सामाजिक सञ्जालमा छ ।

गुरुङले यसअघि पनि धेरै आन्दोलनको नेतृत्व गरेका छन्, जस्तै धरानस्थित घोपाघाट शिविर आन्दोलन, जसले द्यए कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पारदर्शिता र चिकित्सा सेवाको सुधारको आवश्यकता हरेक घरघरमा पु¥याएको थियो ।

तर उनको बारेमा नकारात्मकमा टिकाटिप्पणी सामाजिक सञ्जालमा भइरहेको छ । यस विषयमा जेन जीले प्रष्ट जवाफ दिनुपर्छ । नेपाली मात्र होइन भारतीय सञ्चारमाध्यमले समेत उनको बारेमा प्रश्न उठाइरहेका छन् ।

उनी हुन् ३८ वर्षीय सुधन गुरुङ, जो अहिले जेनजीहरूको प्रतिनिधिका रूपमा शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्तामा बसिरहेका छन् । जेन जीहरुबाट अगाडि सारिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रमुख बन्ने लगभग निश्चित देखिएको छ । तर, संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुटिसकेको छैन ।

सुधन गुरुङ भारतीय नागरिक हुन् भन्ने हल्ला पनि चलेको छ । खासमा एउटै नाम र थरका दुई व्यक्ति (एक भारतीय र एक नेपाली) भएकाले धेरैलाई भ्रम परेको हो । यस्तो अफवाह फैलिएपछि भारत, दार्जिलिङका सुदन गुरुङले सामाजिक सञ्जालबाट स्पष्टीकरण दिएका छन् ।

हुन त जेनजीले कसैलाई पनि आन्दोलनको अगुवा वा संयोजक भनेर तोकेका छैनन् । तर, चर्चित बेलायती पत्रिका इकोनोमिक टाइम्सदेखि प्रायः भारतीय मिडियाले उनलाई नै आन्दोलनका सूत्रधारका रूपमा चित्रण गरिरहेका छन् । उनको विषयमा विस्तृत रिपोर्ट नै बनाएका छन् ।

हिजो सुधनले नै एक वरिष्ठ सैनिक अधिकृतलाई फोन गरेर सुशीला कार्कीको नाम फाइनल गर्न अल्टिमेटम दिएका थिए । तत्काल निर्णय नगरेको खण्डमा पुनः आन्दोलनमा उत्रिएर गोली थाप्ने धम्कीपूर्ण अभिव्यक्ति दिएको भिडिओ सार्वजनिक भएको थियो ।

सामाजिक सञ्जालमा गुरुङमाथि लागेको आरोप