Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

जेनजीलाई आग्रह पहिला सुदन गुरुङका बारेमा प्रष्ट पारौं, उनीमाथि दार्जिलिङकाे नागरिकसहित अनेक आरोप

जेनजीलाई आग्रह पहिला सुदन गुरुङका बारेमा प्रष्ट पारौं, उनीमाथि दार्जिलिङकाे नागरिकसहित अनेक आरोप
  • २७ भाद्र २०८२, शुक्रबार १७:५०

काठमाडौं– जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई भारतीय नागरिक भएको भनेर विभिन्न भारतीय सञ्चारमाध्यमले नै बताइरहेका छन् । उनी भारतको दार्जिलिङका नागरिक भएको समेत सामाजिक सञ्जालमा आरोप लगाइरहेका छन् ।

mulpatra

उनले हिजो मात्र पत्रकार सम्मेलनमा २० जना भाइहरु मरे अब ३० जनाको ज्यान जाने गरी आन्दोलन गर्ने धम्की दिएका थिए । अहिले उनै गुरुङमाथि प्रश्न समेत उठेको छ ।

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई वार्ताका लागि भन्दै शीतलनिवास बोलाएर कुराएको कुरायै राखिएको छ ।

mulpatra mulpatra mulpatra

राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न भन्दै शीतलनिवास हाल उनी छन् । तर उनको चर्चा पश्चिम भारत कोशी प्रदेशमा दार्जिलिङका नागरिक हुन् भनेर भइरहेको छ । यस विषयमा जेनजी समुहले प्रष्ठ आफनो धारण राख्नुपर्ने माग समेत भइरहेको छ ।

‘हामी नेपाल’ स्थापना गर्नुअघि गुरुङ इभेन्ट म्यानेजमेन्टमा संलग्न थिए। उनी नामक नाइट क्लबका मालिक पनि भएको चर्चा सामाजिक सञ्जालमा छ ।

गुरुङले यसअघि पनि धेरै आन्दोलनको नेतृत्व गरेका छन्, जस्तै धरानस्थित घोपाघाट शिविर आन्दोलन, जसले द्यए कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पारदर्शिता र चिकित्सा सेवाको सुधारको आवश्यकता हरेक घरघरमा पु¥याएको थियो ।

Image Source: © https://mulpatra.com

तर उनको बारेमा नकारात्मकमा टिकाटिप्पणी सामाजिक सञ्जालमा भइरहेको छ । यस विषयमा जेन जीले प्रष्ट जवाफ दिनुपर्छ । नेपाली मात्र होइन भारतीय सञ्चारमाध्यमले समेत उनको बारेमा प्रश्न उठाइरहेका छन् ।

उनी हुन् ३८ वर्षीय सुधन गुरुङ, जो अहिले जेनजीहरूको प्रतिनिधिका रूपमा शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्तामा बसिरहेका छन् । जेन जीहरुबाट अगाडि सारिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रमुख बन्ने लगभग निश्चित देखिएको छ । तर, संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुटिसकेको छैन ।

सुधन गुरुङ भारतीय नागरिक हुन् भन्ने हल्ला पनि चलेको छ । खासमा एउटै नाम र थरका दुई व्यक्ति (एक भारतीय र एक नेपाली) भएकाले धेरैलाई भ्रम परेको हो । यस्तो अफवाह फैलिएपछि भारत, दार्जिलिङका सुदन गुरुङले सामाजिक सञ्जालबाट स्पष्टीकरण दिएका छन् ।

हुन त जेनजीले कसैलाई पनि आन्दोलनको अगुवा वा संयोजक भनेर तोकेका छैनन् । तर, चर्चित बेलायती पत्रिका इकोनोमिक टाइम्सदेखि प्रायः भारतीय मिडियाले उनलाई नै आन्दोलनका सूत्रधारका रूपमा चित्रण गरिरहेका छन् । उनको विषयमा विस्तृत रिपोर्ट नै बनाएका छन् ।

हिजो सुधनले नै एक वरिष्ठ सैनिक अधिकृतलाई फोन गरेर सुशीला कार्कीको नाम फाइनल गर्न अल्टिमेटम दिएका थिए । तत्काल निर्णय नगरेको खण्डमा पुनः आन्दोलनमा उत्रिएर गोली थाप्ने धम्कीपूर्ण अभिव्यक्ति दिएको भिडिओ सार्वजनिक भएको थियो ।

सामाजिक सञ्जालमा गुरुङमाथि लागेको आरोप