जेनजी आन्दोलनपछि कुरुप सिंहदरबार, बस्ने ठाँउ खोज्दै सचिव र कर्मचारी (तस्वीरसहित)
काठमाडौँ– जेनजी आन्दोलनकारीले आगजनी गर्दा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पूर्णरुपमा ध्वस्त बनेको छ ।

जेनजी आन्दोलनका कारण सिंहदरबार पुर्ण ध्वस्त भएको छ । आइतवार सिंहदरबार पुगेका कर्मचारी बाहिर उभिएर ध्वस्त मन्त्रालय र कार्यालय हेरिरहेका छन् ।

गत मंलगबार हजारौंको संख्यामा सिंहदरबार पुगेका आन्दोलनकारीले मन्त्रालयसहितका महत्वपूर्ण कार्यालयहरुमा आगलागी गरेका हुन् । यसअघि आन्दोलनकारीले आजै संसद भवनमा पनि आगलागी गरेका थिए । प्राप्त प्रारम्भिक विवरणअनुसार सिंहदरबारका दर्जनौं मन्त्रालयहरु, संघीय संसद्, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रदेशसभा भवन, विमानस्थलमा समेत आगजनी र तोडफोड भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि, कानुन, भौतिक पूर्वाधार, खानेपानी, परराष्ट्र, अर्थ, सहरी विकास, खेलकुद जस्ता मन्त्रालयमा खासै क्षति छैन । आंशिक क्षति भएका मन्त्रालयहरुमा सामान्य प्रशासन, कृषि, शिक्षाजस्ता मन्त्रालय छन् । श्रम मन्त्रालय पनि क्षति भएको छैन ।

’जेनजी’को नाममा सोमबारदेखि सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि ठूलो जनधनको क्षति भएको छ । आन्दोलन मंगलबार थप चर्किएपछि राज्यका तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका (संघीय संसद्) भवनसहित धेरै सरकारी प्रशासनिक भवन, प्रहरी कार्यालय तथा केही व्यापारिक भवनमा आक्रमण गरी क्षति पु¥याएका थिए । उक्त आन्दोलनमा ५२ जनाभन्दा बढी ज्यान गुमाएका छन् ।

लुटपाट, आगजनी तोडफोडमा संलग्नलाई नगद, हतियारसहित नियन्त्रणमा लिएको खबर आएको छ । यस्तै ठूला होटल, नेताहरुका निजी निवास, पूर्वपदाधिकारीका निवास, सञ्चारमाध्यममा समेत तोडफोड भएको छ । देशको मुख्य राजधानीका सयौं संचरनामा तोडफोड र आजगजी भइरहे पनि नेपालको सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले आफ्नो सुरक्षाबाहेक ती संरचना कुनै जोगाउन सकेनन् ।

बुधबार राति १० बजेदेखि सेना परिचालन र प्रहरी भएको छ । बुधबार दिउँसो काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र राति कफ्र्यु जारी गरिएको छ ।

