Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

जेनजी आन्दोलनपछि कुरुप सिंहदरबार, बस्ने ठाँउ खोज्दै सचिव र कर्मचारी (तस्वीरसहित)

जेनजी आन्दोलनपछि कुरुप सिंहदरबार, बस्ने ठाँउ खोज्दै सचिव र कर्मचारी (तस्वीरसहित)
  • २९ भाद्र २०८२, आईतवार १२:४५

काठमाडौँ– जेनजी आन्दोलनकारीले आगजनी गर्दा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पूर्णरुपमा ध्वस्त बनेको छ ।

mulpatra

जेनजी आन्दोलनका कारण सिंहदरबार पुर्ण ध्वस्त भएको छ । आइतवार सिंहदरबार पुगेका कर्मचारी बाहिर उभिएर ध्वस्त मन्त्रालय र कार्यालय हेरिरहेका छन् ।

गत मंलगबार हजारौंको संख्यामा सिंहदरबार पुगेका आन्दोलनकारीले मन्त्रालयसहितका महत्वपूर्ण कार्यालयहरुमा आगलागी गरेका हुन् । यसअघि आन्दोलनकारीले आजै संसद भवनमा पनि आगलागी गरेका थिए । प्राप्त प्रारम्भिक विवरणअनुसार सिंहदरबारका दर्जनौं मन्त्रालयहरु, संघीय संसद्‌, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रदेशसभा भवन, विमानस्थलमा समेत आगजनी र तोडफोड भएका छन् ।

mulpatra mulpatra mulpatra

सञ्चार तथा सूचना प्रविधि, कानुन, भौतिक पूर्वाधार, खानेपानी, परराष्ट्र, अर्थ, सहरी विकास, खेलकुद जस्ता मन्त्रालयमा खासै क्षति छैन । आंशिक क्षति भएका मन्त्रालयहरुमा सामान्य प्रशासन, कृषि, शिक्षाजस्ता मन्त्रालय छन् । श्रम मन्त्रालय पनि क्षति भएको छैन ।

’जेनजी’को नाममा सोमबारदेखि सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि ठूलो जनधनको क्षति भएको छ । आन्दोलन मंगलबार थप चर्किएपछि राज्यका तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका (संघीय संसद्) भवनसहित धेरै सरकारी प्रशासनिक भवन, प्रहरी कार्यालय तथा केही व्यापारिक भवनमा आक्रमण गरी क्षति पु¥याएका थिए । उक्त आन्दोलनमा ५२ जनाभन्दा बढी ज्यान गुमाएका छन् ।

लुटपाट, आगजनी तोडफोडमा संलग्नलाई नगद, हतियारसहित नियन्त्रणमा लिएको खबर आएको छ । यस्तै ठूला होटल, नेताहरुका निजी निवास, पूर्वपदाधिकारीका निवास, सञ्चारमाध्यममा समेत तोडफोड भएको छ । देशको मुख्य राजधानीका सयौं संचरनामा तोडफोड र आजगजी भइरहे पनि नेपालको सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले आफ्नो सुरक्षाबाहेक ती संरचना कुनै जोगाउन सकेनन् ।

Image Source: © https://mulpatra.com

बुधबार राति १० बजेदेखि सेना परिचालन र प्रहरी भएको छ । बुधबार दिउँसो काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र राति कफ्र्यु जारी गरिएको छ ।