स्याउको मूल्य प्रतिकिलो ३४ रुपैयाँले बढ्यो

स्याउको मूल्य प्रतिकिलो ३४ रुपैयाँले बढ्यो
  • ३१ भाद्र २०८२, मंगलवार १२:१४

काठमाडौं– चाडपर्व नजिकिएसँगै स्थानीय बजारमा स्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार स्याउको मूल्यवृद्धि भएको देखाएको हो ।

mulpatra

आज मंगलबार फुजी स्याउको मूल्य थोकमा प्रतिकिलो ३४ रुपैयाँ बढेको छ । सोमबार फुजी स्याउ प्रतिकिलो थोकमा औसत २७६ रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार भने फुजी स्याउको प्रतिकिलो मूल्य थोकमा ३१० रुपैयाँ कायम छ ।

यस्तै एक महिनाको अवधिमा भने फुजी स्याउको भाउ ५.४९ प्रतिशतले घटेको देखिन्छ । भदौ पहिलो साता यो स्याउ प्रतिकिलो ३ सय २८ रुपैयाँमा किनबेच भएको थियो । साउन अन्तिम साता बजारमा फुजी स्याउ प्रतिकिलो न्यूनतम २८० देखि अधिकतम ३३० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै एक महिना अवधिमा झोले स्याउको मूल्य पनि ३.५४ प्रतिशत घटेको छ । आज भने झोले स्याउ प्रतिकिलो २ सयदेखि २५० रुपैयाँमा किनबेच भइरहेको छ ।