कार्यवाहक छाड्न तयार छैनन् ओली, ईश्वरलाई कार्यवाहक बन्नबाट रोक्न अध्यक्षलाई पोल लगाउँदै महासचिवओलीलाई पद छाड भन्ने आँट एमालेको दोस्रो पुस्ताको नेतामा देखिएनन्
काठमाडौं– जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजिनामा दिएको केपी ओली नेतृत्वले तत्काल एमालेको अध्यक्ष पद नछाड्ने संकेत गरेका छन् । चुनाव गराउने म्यान्डेड सहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

भएपनि सेनाको सुरक्षा घेरामा बसेका एमाले अध्यक्ष ओलीले तत्काल एमालेको कार्यवाहक कसैलाई नदिने भएका छन् । गत २७ भदौमा प्रधानमन्त्री पदको शपथ लिए लगत्तै कार्कीले प्रतिनिधिसभा विघटन र आगामी २१ फागुनमा आम चुनावको मिति घोषणा गरेकी छन् ।
गत २४ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली अहिलेसम्म सार्वजनिक भएका छैनन् । नेताहरूले ओली सैनिक ब्यारेकमा रहेको जवाफ दिने गरेका छन् । तर कुन ब्यारेकमा छन् र कहिले सार्वजनिक हुन्छन् भन्ने जानकारी दिइएको छैन ।
![]() |
![]() |
![]() |
|---|
ओलीलाई सेनाले नियन्त्रणमा लिएलगत्तै ईश्वर पोखरेलले पदाधिकारीहरूसँग अनौपचारिक सम्वाद थालेका थिए । तर महासचिव शंकर पोखरेलले यो सन्देश ओलीलाई सेनामार्फत पठाएपछि ओलीले आफू बिनाको बैठक नराख्न ईश्वर पोखरेललाई खबर गरे । त्यसपछि ईश्वर पोखरेलपनि चुप बसेको एमालेका एक शीर्ष नेताले जानकारी दिए ।
पार्टीभित्र नेताहरूले पुनर्गठनकै आवाज सूक्ष्म रुपमा उठाउन थालेका छन् । तर सेनाको घेरामा बसेका ओलीले तत्काल कार्यवाहक कसैलाई नदिने पक्षमा देखिएको उनले बताए ।
ओलीलाई सेनाले नियन्त्रणमा लिएलगत्तै ईश्वर पोखरेलले पदाधिकारीहरूसँग अनौपचारिक सम्वाद गरी कार्यवाहकको जिम्मेवारी लिन तयार गरेका थिए । तर यो कुरामा महासचिव शंकर पोखरेल असन्तुष्ट हुँदै सन्देश ओलीलाई पठाए । अनि ओलीले आफू बिनाको बैठक नराख्न तत्काल सेनामार्फत ईश्वर पोखरेल निर्देशन दिए । त्यसपछि उनी पछि हटे ।
Image Source: © https://mulpatra.com
पार्टीको मूल नेतृत्व राज्यको नियन्त्रणमा हुँदा, विदेश भ्रमण जाँदा अथवा पार्टी संकटमा पर्दा कार्यवाहक दिने प्रचलन एमालेमा असाध्यै पुरानो हो । तर यसपटक त्यस्तो भएको छैन ।
ओलीले एमालेको नेतृत्व अझै नछोड्ने सन्देश पनि दिएका छन् । नेतृत्व लिन कोही अघि नबढ्नु भनेर पनि सन्देश पठाइरहेको एमालेका एक शीर्ष नेताले जानकारी दिए । ओलीले सेनाका घेराबाटै पार्टी चलाउन खोजीरहेका छन् । कसैले उनीविरुद्ध बोल्न आँट नगरेको उनको भनाइ छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले पार्टीको नेतृत्वभन्दा देशको अवस्था हेरी अघि बढ्नुपर्ने अवस्था भएको बताए । उनले पार्टीलाई संरक्षणका लागि सबै एक ठाँउमा उभिएर अघि बढ्नुपर्ने उनले मूलपत्रसँग बताए ।
८ दलका प्रमुख सचेतहरूको वक्तव्य पनि पोखरेल सहितकै पहलकदमीमा जारी भएको थियो । तिनिधिसभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै संबोधन हुने वातारण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग उनको थियो । सडकबाट सरकार गठन र प्रतिनिधिसभा विघटन गरिएको छ । यो गलत भएको बताउँदै शंकर पोखरेलमा जान सक्ने समेत बताएका थिए ।
तर उनै महासचिव अहिले ओलीको विकल्प खोज्नबाट हिच्किचाइरहेको एमालेकै नेताको आरोप छ । कार्यकर्तामा अन्योल हुनुको पछाडि नेतापिच्छेका धारणा सामाजिक सञ्जालमा देख्नु पनि हो ।
३० भदौमा जलेको पार्टी कार्यालयको प्राङ्गणमा उभिएर पोखरेलले चुनावलाई एमालेले सहयोग गर्ने बताउँन भ्याए । पोखरेलको असंगतिले एमाले पंक्तिमा अन्योल देखिन्छ । नेताहरूले आ–आफ्नै ढंगका व्याख्या गरिरहेका छन् । वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाएर पार्टी परित्याग गर्नेहरूको लहर छ ।
यता उपाध्यक्ष सुरेन्द्र पाण्डे भने पार्टीलाई लामो समय यस्तो अन्योलमा राख्न नसकिने धारण राख्ने आएका छन् । तर उनका भनाइमा एमालेका अरु नेताले अप्रत्यक्ष साथ दिइरहेका छन् ।



