Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

विगतमा गल्ती भएको प्रचण्डले स्वीकारे

विगतमा गल्ती भएको प्रचण्डले स्वीकारे
  • २ आश्विन २०८२, बिहीबार १७:३१

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेतृत्व हस्तान्तरणका लागि पार्टीभित्र छलफल गरिरहेको बताएका छन् ।

mulpatra

संविधान दिवसको पूर्वसन्ध्यामा एक भिडिओ सन्देश जारी गर्दै प्रचण्डले आफूलाई सच्याइरहेको बताएका हुन्।

‘तपाइँहरुले देखिरहनुभएको छ, हामीले आफूलाई सच्याइरहेका छौं र अझ सच्याउनेछौं । हामीले निश्चित विधि र प्रक्रियामा नेतृत्व हस्तान्तरणबारे छलफल गरिरहेका छौँ ।,’ उनले भने, ’लोकतन्त्रको यो झण्डामा सबैभन्दा धेरै रगत हाम्रै छ। जनतासँग प्रत्यक्ष र सार्थक सम्बन्ध कायम गरेर हामी यो झण्डाको रक्षा गर्नेछौँ ।’

mulpatra mulpatra mulpatra

उनले कमजोरी स्वीकार्दै गलत विचार र नीति नलिएको तर व्यवहारमा चुकेको बताएका छन् ।

’संविधान दिवसको अवसरमा म स्वीकार गर्छु, कि हामीबाट पनि कमजोरी भए। हामीले गलत विचार र नीति लिएका होइनौं तर व्यवहारमा हामी कतै न कतै चुक्यौं,’ उनले भनेका छन्, ’वर्ग र समुदायसँगको हिजोको हाम्रो जीवन्त सम्बन्ध कतै न कतै फितलो भयो।’

त्यस्तै प्रचण्डले सहिद, बेपत्ता परिवार, घाइते, अपांग र यातनापीडितको अपेक्षा पूरा गर्न नसकेको पनि स्वीकारेका छन्। उनीहरूको माग पूरा गर्न एक्लै सरकारको नेतृत्व गर्न संख्या नपुगेको पनि भनेका छन्। यस्तोमा गठबन्धन सरकार बनाउँदा समस्या आएको उनको भनाइ छ।

Image Source: © https://mulpatra.com

’सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपांग र यातनापीडित साथीहरुका हामीप्रतिका अपेक्षा पूरा गर्न हामी कतै न कतै अलमलियौं। एक्लै सरकारको नेतृत्व गर्न हाम्रो कहिल्यै संख्या पुगेन। गठबन्धनको वाध्यात्मक राजनीतिले हामीलाई पनि कतै न कतै बिटुलो बनायो,’ उनले थप भनेका छन्, ’हामीले देशविरुद्ध कुनै राष्टघाती सम्झौता गरेनौं, कुनै काण्डमा मुछिएनौं, कुनै कलंकको टीका लगाएनौं, भ्रष्टाचारविरुद्ध जुधिरह्यौं तर जनताको हामीप्रतिको अपेक्षाको सापेक्षतामा हामी कमजोर देखियौँ।’