Close

Recent Posts

ओली भक्तपुरको गुण्डु फर्किए, तत्काल सार्वजनिक नहुने

ओली भक्तपुरको गुण्डु फर्किए, तत्काल सार्वजनिक नहुने
  • २ आश्विन २०८२, बिहीबार १८:००

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् । उनी हाल भक्तपुरको गुण्डु सरेको एमालेकै एक जना नेताले जानकारी दिए ।

mulpatra

गुण्डुमा ओलीका लागि भाडाको घर लिइएको छ । बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीले जलाएका छन् । बालकोटको घर जलेकाले ओली गुण्डु सरेपनि तत्काल सार्वजनिक नहुने ओलीनिकट स्रोतले जनाएको छ ।

जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् ।

mulpatra mulpatra mulpatra