सरकारमा होमवर्कका लागि गएको हुँ, केही न केही नयाँपन दिने प्रयास गर्छु जगदीश खरेल

काठमाडौं–प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीका लागि सिफारिस गरेका पाँच जनाको शपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजे हुने भएको छ ।
प्रधानमन्त्री कार्कीले हिजो गरेका पाँच जनाको शपथ ग्रहण दिउँसो २ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । जसमा सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारीमा पत्रकार जगदीश खरेलले जाँदैछन् । उनले सरकारमा संख्या बढाउनभन्दा काम गर्ने योजनाका साथ भएको बताएका छन् ।
उनले मूलपत्रसँग सरकारमा होमवर्कका लागि गएको हुँ, केही न केही नयाँपन दिन अभ्यास गर्ने बताए । ‘अहिले सरकारमा जाँदा धेरै प्रश्न उठ्नसक्छ । तर आफनो योजना भनेको काम गर्ने हो ।’ उनले भने । राजनीतिकमा आफनो अनुभाव छैन । तर राजनीतिकसँगै देशको हरेक परिवर्तनलाई नजिकबाट नियालेका कारण पनि सरकारमा जान हिम्मत गरेको उनको भनाइ छ ।
नेपालको संविधानको धारा ८० मा प्रधानमन्त्रीको सिफारिसमा नियुक्त मन्त्रीहरूले राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था गरिएको छ । उनले पनि आजै सपथ खाँदैछन् ।
प्रधानमन्त्री कार्कीले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, अतिरिक्त सचिव डा। संगीता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचना समितिका संयोजक मदन परियारलाई मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छन् ।