Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इजरायल–हमास ट्रम्पको गाजा युद्धविराम योजनामा सहमत

इजरायल–हमास ट्रम्पको गाजा युद्धविराम योजनामा सहमत
  • २३ आश्विन २०८२, बिहीबार ०९:०८

काठमाडौं । इजरायल र हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाका लागि प्रस्तावित पहिलो चरणको युद्धविराममा सहमति जनाएका छन् । युद्धविराम र बन्धकलाई रिहा गर्ने प्रहिलो चरणको ट्रम्पको प्रस्ताव सम्झौताका लागि दुबै देश तयार भएपछि लामो युद्धको अन्यत भएको छ ।

mulpatra

हमासले सीमा भित्र छिरेर गरेको इजरायल अक्रमणले तिम्त्याएको हमास इजरायल युद्धले हजारौंको ज्यान गएको थियो । कयौं बन्धक अझै रिहा भएका छैनन । नेपालका विपीन जोशी तिनै बन्धक मध्ये एक छन जसको कुनै सुचना हाल सम्म प्राप्त भएको छैन । यस्तो युद्धको विषम परिस्थितिमा ट्रम्प २० बुँदे शान्ति रूपरेखा प्रस्तुत गर्दै त्यसमा दुबै देशलाई सहमतिमा पुर्याउन सफल भएका छन् ।

यो सम्झौता पुर्ण रुपमा लागू भएमा, मध्य पुर्वमा शान्ति स्थापना गर्न कोशेढुंगा सावित हुनेछ । तर सम्झौतामा धेरै महत्वपूर्ण विवरणहरू बाँकी छन्, जसले विगतका अन्य शान्ति प्रयासहरू जस्तै यो पनि असफल हुनसक्ने जोखिम छ।

mulpatra mulpatra mulpatra

युद्ध विराम सम्झौता पछि राष्ट्रपति ट्रम्पले भनेका छन् ‘म धेरै गर्वका साथ घोषणा गर्दछु कि इजरायल र हमासले दुवैले हाम्रो शान्ति योजना को पहिलो चरणमा हस्ताक्षर गरेका छन्।, यसले सबै बन्धकहरू चाँडै नै रिहा हुनेछन्, र इजरायलले आफ्नो सेना क़दमबद्ध रूपमा पछाडि हटाउनेछ — यो एउटा स्थिर, दिर्घकालीन, र अटूट शान्ति तर्फ पहिलो कदम हो।’