विभाजन संघारमा एकीकृत समाजवादी, झलनाथ खनाल पक्षले बोलायो भेला
काठमाडौं । नेकपा एमालेबाट फुटेको एकिकृत समाजवादीले बहुमतको आडमा नेकपा (माओवादी केन्द्र) सँग एकिकरण गर्ने निर्णय गरेपछि पार्टी विभाजनको संघारमा पुगेको छ ।

बहुमतको निर्णय विपरित सम्मानित नेता झलनाथ खनाल, घनश्याम भुषाल, घनेन्द्र बस्नेत, रामकुमारी झाँक्री लगायतका नेताहरुले आज छुटै भेलाको आव्हान गरेपछि एकीकृत समाजवादी औपचारिक रूपमा विभाजन हुने भएको हो।
समाजवादीका सम्मानित नेता खनाल लगायतका केही नेताहरु पार्टी पुनर्गठन र सांगठानिक सुदृढीकरण नगरी अरू दलसँग एकता गर्न नहुने पक्षमा थिए। उनीहरुले एमालेसँग विद्र्रोह गर्नुको औचित्य पुष्टि नगरि एकिरकणमा जानु सैद्धान्तिक रुपमा ठीक नभएको जिकिर थियो ।
![]() |
![]() |
![]() |
|---|
तर केन्द्रिय समितिको बहुमतबाट माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि एमालेबाट फुटेर बनेको पार्टी चार बर्ष पनि नपुगी पुन विभाजनको संघारमा पुगेको छ ।
भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ, विजय पौडेल लगायतका १०० बढी नेता उपस्थित हुने खनालको सचिवालयले जनाएको छ ।



