प्रसाई समुह र सरकारबीच वार्ता हुँदै, प्रसाई चाहि प्रधानमन्त्रीसँग मात्र वार्तामा बस्ने
काठमाडौं– सरकार र दुर्गा प्रसाईं समूहबीच आज वार्ता हुँदै छ । वार्ता गृह मन्त्रालयमा हुने छ । सरकारले १८ कात्तिकमा प्रसाईंले नेतृत्व गरेको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाएर वार्तामा बोलाएको थियो ।

वार्तामा प्रसाईं सहभागी हुने छैनन् । तर उनको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी हुँदैछन् । प्रसाईले चाहि प्रधानमन्त्री सुशिाला कार्कीसँग मात्र वार्तामा बस्ने अभिव्यक्ति सार्वजनिक रुपमा दिइसकेका छन् ।
सरकारले वार्तामा बोलाएकोमा धन्यवाद छ । मैले आज महाअभियानका सार्थीहरु पठाएको प्रसाईले जानकारी दिए । आफु चाहि प्रधानमन्त्रीसँग वार्तामा बस्ने बताए ।
![]() |
![]() |
![]() |
|---|
यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली कांग्रेस बीपीसँग सहकार्य गरेका छन् । आन्दोलनको तयारी अनुसार उनले यही कात्तिक २३ गते काठमाडौंको सुकुमवासी बस्तीमा कार्यक्रम गरेर आन्दोलनका लागि अपिल गरेका थिए ।
आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै प्रसाईं र उनको समूहमा रहेकाहरुमाथि निगरानी बढाइएको सुरक्षा अधिकारीहरु बताउँछन् । प्रसाईले तीन वर्षयता महाअभियान चलाउँदै आएका छन् ।



