मधेश प्रदेशमा पदमुक्त भए सभामुख

मधेश प्रदेशमा पदमुक्त भए सभामुख
  • ४ मंसिर २०८२, बुधबार १८:२३

काठमाडौं । सभामुख रामचन्द्र मण्डल विरूद्धको अविश्वास प्रस्ताव पारित भएसँगै उनी पदमुक्त भएका छन् । आज बसेको प्रदेश सभाको बैठकले मण्डललाई पद अनुकूल आचरण नगरेको भनि दुई तिहाइ बहुमतले पारित गरेपछि उनी पदमुक्त भएका हुन् ।

mulpatra

सभामुख मण्डलले पदिय मर्यादा विपरित काम गरेको भन्दै जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्द्रका ६४ जना सांसदले सभामा महाभियोग दर्ता गराएका थिए ।

कार्य सञ्चालन नियमावली २०७५, परिछ्चेद २१, नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्न अविश्वास प्रस्ताव पेश गरिएको थियो ।

आजको प्रदेश सभा बैठकमा ७८ जना सदस्य उपस्थित भएकामा मण्डलको विपक्षमा ७६ मत खसेको थियो । अविश्वासको प्रस्तावको पक्षमा ७६ मत परेपछि उपसभामुख बबिताकुमार राउत ईशरले मण्डलको पद मुक्त भएको घोषणा गरेकी हुन् ।