Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मधेश प्रदेशमा पदमुक्त भए सभामुख

मधेश प्रदेशमा पदमुक्त भए सभामुख
  • ४ मंसिर २०८२, बुधबार १८:२३

काठमाडौं । सभामुख रामचन्द्र मण्डल विरूद्धको अविश्वास प्रस्ताव पारित भएसँगै उनी पदमुक्त भएका छन् । आज बसेको प्रदेश सभाको बैठकले मण्डललाई पद अनुकूल आचरण नगरेको भनि दुई तिहाइ बहुमतले पारित गरेपछि उनी पदमुक्त भएका हुन् ।

mulpatra

सभामुख मण्डलले पदिय मर्यादा विपरित काम गरेको भन्दै जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्द्रका ६४ जना सांसदले सभामा महाभियोग दर्ता गराएका थिए ।

कार्य सञ्चालन नियमावली २०७५, परिछ्चेद २१, नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्न अविश्वास प्रस्ताव पेश गरिएको थियो ।

mulpatra mulpatra mulpatra

आजको प्रदेश सभा बैठकमा ७८ जना सदस्य उपस्थित भएकामा मण्डलको विपक्षमा ७६ मत खसेको थियो । अविश्वासको प्रस्तावको पक्षमा ७६ मत परेपछि उपसभामुख बबिताकुमार राउत ईशरले मण्डलको पद मुक्त भएको घोषणा गरेकी हुन् ।