नेपाललाई दियो नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य

नेपाललाई दियो नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य
  • ९ माघ २०८२, बिहीबार ११:२२

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेल जित्न नेपालले १४१ रनको लक्ष्य पाएको छ ।

mulpatra

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको हो ।

नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे ।

mulpatra mulpatra mulpatra

१५ रनमै २ विकेट गएपछि बाबेट र कालिस मिलेर ७९ रनको साझेदारी गरेका थिए । नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १–१ विकेट लिए । नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।