Close

Recent Posts

सभामुख हुँदा ‘बा’ को आदेश मानेर जनताको आवाज उठाउँदा माइक काट्नेले कुन मुखले भोट माग्दैछन् भन्दै रविको आरोप

सभामुख हुँदा ‘बा’ को आदेश मानेर जनताको आवाज उठाउँदा माइक काट्नेले कुन मुखले भोट माग्दैछन् भन्दै रविको आरोप
  • १२ फाल्गुन २०८२, मंगलवार १२:२९

काठमाडौं– रास्वपाका सभापति रवि लामिछानेले पूर्वसभामुख देवराज घिमिरेको सभामुख कार्यकाललाई लिएर टिप्पणी गरेका छन् । झापा २ मा पुगेका लामिछानेले घिमिरेले सभामुख हुँदा ‘बा’ को आदेश मानेर जनताको आवाज उठाउँदा माइक काटेको आरोप लगाए ।

mulpatra

उनले भने, ‘मलाई थाहा छैन, पूर्वसभामुख कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ । हामीले जनताको पक्षमा बोल्दा, नेपाली जनतालाई भिजिट भिसामा लाखौँ रूपैयाँ ठग्नेलाई कारबाही गर, आयोग बनाऊ, समिति बनाऊ भन्यौँ । हामीले जनताको आवाज बोल्यौँ । तर, कुन मुखले भोट माग्दै हुनुहुन्छ सभामुख, त्यो माइक काटिदिनुभयो । मैले रास्वपालाई गर्नुभएको व्यवहारको कुराकानी गरेको होइन । हामीले नेपाली जनताको आवाज उठाएका थियौँ । नेपाली जनता प्रत्येक दिन एयरपोर्टमा बेचिँदै थिए ।’

भिजिट भिसाको छानबिन गर्न माग गर्दै रास्वपाका २१ जना सांसदलाई घाँटी न्याँकेर निकालेको जिकिर गरे ।

mulpatra mulpatra mulpatra

उनले भने, ‘संसद् नियमावलीले स्पष्ट भन्छ, थुनामा नरहेको मान्छे मुद्दाको किनारा लागेको छैन तर थुनामा छैन भने उसको सांसद पद निलम्बन हुँदैन भनेर । संसद् नियमावली १०० प्रतिशत संसद्ले सदर गरेको डकुमेन्ट हो, सांसदका लागि बनाएको कानुन हो ।

त्यो सदर गरिएको डकुमेन्ट त्यही थियो । तर उहाँलाई बा को आदेश ठूलो भयो, जनताको आदेशभन्दा, दुई घण्टामा सूचना टाँसेर मलाई गलहत्याएर उहाँले सङ्घीय संसदबाट निकाल्नुभयो । तर जनताको मनबाट निकाल्न सक्नुभएन ।’

उनले सदनमा आफूहरूप्रति गरेको व्यवहारको जनताले जवाफ दिँदै पूर्वउपसभामुख इन्दिरा राना मगरलाई जिताउन आह्वान गरे ।

Image Source: © https://mulpatra.com

उनले थपे, ‘मैले व्यक्तिगत कटाक्ष गरेको छैन धेरैलाई । मलाई खेद छ, उहाँलाई निर्वाचित गर्दा मेरो हस्ताक्षर प्रयोग भएको छ । उहाँलाई सभामुख बनाउँदा मैले उहाँका पक्षमा केही शब्दहरू बोलेको छु । म यहाँ बसेर आलोचित हुन चाहन्छु, यहीँ उभिएर आलोचित हुन चाहन्छु ।’

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com