जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सिधै कार्यान्वयनमा लगेर बाहिरिने प्रधानमन्त्री
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सिधै कार्यान्वयनमा लैजाने तयारी गरेकी छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकबाट उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने गरी अनुसन्धानका निकायहरूलाई निर्देशन दिने तयारी भएको हो ।
यसका लागि प्रधानमन्त्री कार्कीले प्रतिवेदन बुझेकै दिन बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिह्नालगायतसँग छलफल गरेकी थिइन् । यसका साथै केही कानुन व्यवसायीहरूसँग समेत छलफल गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी थालेकी हुन् ।
![]() |
![]() |
![]() |
|---|
धेरैले आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिइरहेका बेला उनले उक्त प्रतिवेदन सार्वजनिक नभई सिधै कार्यान्वयनमा लैजानमा जोड दिएकी हुन् । ‘कुनै पनि घटनाको अनुसन्धान गर्ने प्रतिवेदन सार्वजनिक हुनु भनेको त्यहाँ किटान गरिएका दोषीहरूलाई उम्काउन बल पु¥याउनु हो,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्री यतिका समय लगाएर बनाएको प्रतिवेदन कुनै पनि हालतमा खेर नजाओस् भन्नेमा दृढ हुनुहुन्छ । यो प्रतिवेदन अब सिधै कार्यान्वयनमा जान्छ ।’
बुधवार या बिहीबार मन्त्रिपरिषद् बैठकको तयारी छ । सम्भवतः प्रधानमन्त्री कार्कीले सोमबार पदबाट बिदा हुने छिन् । सोअगाडि नै जेन–जी आन्दोलनका दुवै दिन भएका घटनाको निष्पक्ष अनुसन्धान गरी बुझाइएको प्रतिवेदन कार्यान्वयन प्रक्रियामा लगे आउने सरकारलाई समेत काम गर्नुपर्ने दबाब हुने बुझाइ छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले २४ फागुनमा प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । ५ असोजमा जेन–जी विद्रोहमा भएका घटनाका सत्यतथ्य छानबिन गर्न कार्की नेतृत्वमा सरकारले आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य थिए ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



