Close

Recent Posts

रवि–बालेन चुप: सुदनको गृहमन्त्रीमा दाबी, प्रधानमन्त्रीको दबाबपछि अर्यालपनि लाइनमा

रवि–बालेन चुप: सुदनको गृहमन्त्रीमा दाबी, प्रधानमन्त्रीको दबाबपछि अर्यालपनि लाइनमा
  • ५ चैत्र २०८२, बिहीबार १२:१०

काठमाडौं– रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार बनाउन तयारी हुँदै छ । सरकार गठनको औपचारिक प्रक्रिया सुरु नहुँदै बालेन नेतृत्वको मन्त्रिपरिषद्को सदस्यबारे चर्चा हुन थालेको छ ।

mulpatra

रास्वपाले र यस पार्टीका जिम्मेवार नेताहरुले आगामी सरकारमा सहभागी हुने नेताहरु र उनीहरुलाई दिइने जिम्मेवारीबारे केही बताएका छैनन् । तर, चर्चामा मन्त्री हुने विभिन्न नेताको नाम आइरहेको छ ।

रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले अर्थमन्त्री बन्ने चर्चा भइरहँदा शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउन लागेको बताइएको छ । चुनावी प्रचारका क्रममा सभापति रवि लामिछानेले वाग्लेलाई ‘अहिले नै बजेट लेख्ने तयारी गर्नुस्’ भन्ने बताएका थिए । जसकारण वाग्ले अर्थमन्त्री बन्ने आमनागरिकको पनि बुझाइ छ ।

mulpatra mulpatra mulpatra

गृहमन्त्रीमा उपसभापति डीपी अर्याल र सुनिल लम्सालको नाम छलफल रहँदा गृहमन्त्रीमा सुदन गुरुङले समेत आकांक्षा राखेको चर्चा छ । सुधनलाई गृहको सट्टा युवा तथा खेलकुद मन्त्रालय दिने कि भन्ने विषयमा पनि छलफल भइरहेको बताइन्छ ।

यस्तै, हालै सरकारले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरिएका हालका गृहमन्त्री ओमप्रकाश अर्याल नै गृहमन्त्री हुन लागेको हो कि भन्ने पनि आशंका छ । उनलाई गृहमन्त्रीमै दोहो¥याउन चाहेरै प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरिएको हो कि भनेर आममानिसले शंका गरेका छन् । प्रधानमन्त्री सुशिला कार्कीले समेत अर्याललाई गहृमन्त्री बनाउन दबाब दिइरहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री कार्कीले नै अर्थमन्त्रीमा रामश्वेर खनाललाई पनि अर्थमन्त्री बनाउन जोड गरेकी थिइन् । गृहमन्त्री अर्याललाई नै प्रधानमन्त्रीको सिफारिसमै राष्ट्रिय सभामा मनोनय गराउन पहल गरिएको थियो ।

Image Source: © https://mulpatra.com

यी चर्चाका विषय हुन् । तर, हालसम्म रास्वपाले क–कसलाई मन्त्री बनाउने निर्णय गरिसकेको छैन । यसबारे सभापति लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच छलफल मात्र भइरहेको छ, अन्तिम टुंगो लागिसकेको छैन ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअघि रास्वपाले वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो । जसकारण अब रास्वपाले उनकै नेतृत्वमा सरकार बनाउनेछ ।

यद्यपि, निर्वाचन आयोगले निर्वाचनको परिणाम संघीय संसद् सचिवालय र राष्ट्रपति कार्यालयमा बुझाइसकेको छैन भने दलहरुले पनि संसदीय दलको नेता चयन गरिसकेका छैनन् ।

बुधबार आफ्ना सांसदको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रिपरिषद्मा क–कसलाई लैजाने भन्ने निर्णय नगरेको जानकारी दिए । उनले आफूलाई मन्त्री बनाइदिन भन्दै नआउन र मिडिया ट्रायल नगर्न पनि आग्रह गरे ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com