कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  • २१ बैशाख २०८३, सोमबार ०७:३०

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । आज दिउँसो १ बजे केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्न लागेको हो ।

mulpatra

बैठकमा असन्तुष्ट देखिएका पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरुसँग छलफल र सम्वादबारे पनि छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थितका लागि अनुरोध गरिएको छ ।

यसअघि वैशाख १६ गते कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने विभिन्न सदस्यहरुलाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो ।

mulpatra mulpatra mulpatra