Close

Recent Posts

श्रममै ल्याइयो युवा मन्त्रालय

श्रममै ल्याइयो युवा मन्त्रालय
  • ३१ बैशाख २०८३, बिहीबार १०:३७

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अब युवा, श्रम तथा रोजगार मन्त्रालय बनेको छ । हालको मन्त्रालयको स्थापना हुनुअघि २०२८ सालमा श्रमसम्बन्धी मामिला हेर्न उद्योग मन्त्रालयअन्तर्गत श्रम विभागको स्थापना भएको थियो ।

mulpatra

श्रम विभाग स्थापना भएको एक दशकपछि २०३८ सालमा श्रम तथा समाजकल्याण मन्त्रालयको स्थापना भयो ।

बुधबारको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको मौजुदा संख्या घटाउने निर्णय गरेको हो । त्यसमा श्रम मन्त्रालय पनि परेको हो ।

mulpatra mulpatra mulpatra

नेपाल सरकारको कार्यविभाजन नियमावली परिवर्तन भई २०५२ सालमा समाज कल्याणको क्षेत्र अलग गरी श्रम मन्त्रालय मात्र कायम गरिएको थियोे भने २०५७ मा यातायात व्यवस्थापनको क्षेत्रसमेत समायोजन भई श्रम तथा यातायात व्यवस्था मन्त्रालय कायम गरिएको थियो ।

नाम र जिम्मेवारी परिवर्तन तथा हेरफेरका क्रममा २०६९ मा यातायात व्यवस्थाको क्षेत्र अन्यत्र लगेर श्रम तथा रोजगार मन्त्रालय नामाकरण भयो । पछिल्लोपटक २०७४ चैत ३ गते कार्यक्षेत्र विस्तार भई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कायम भएको थियो ।

हाल मन्त्रालयले आन्तरिक श्रम तथा वैदेशिक रोजगारको क्षेत्र हेरिरहेको छ । तर श्रम मन्त्रालय भन्नासाथ जनमानसमा वैदेशिक रोजगार क्षेत्रमा बढी ध्यान दिने मन्त्रालयको रूपमा रहेको छ ।

Image Source: © https://mulpatra.com

कुनै समय तत्कालीन मन्त्री सूर्यमान गुरुङले श्रम मन्त्रालयलाई ‘सरम मन्त्रालय’ भनेर होच्याउने गरिएको टिप्पणी गर्ने गरेका थिए ।

खासगरी नीतिगत अस्थिरता र भ्रष्टाचार रुमल्लिएको ठानिएका कारण विगतमा दलहरूले भाग पु¥याउन सरकारमा सहभागी सानो दललाई नेतृत्व दिने गरिएको टिप्पणी पनि पटक–पटक हुने गरेकोे थियो ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com