Close

Recent Posts

अर्थमन्त्रीको बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग छलफल, राम्रा कामलाई निरन्तरता दिने

अर्थमन्त्रीको बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग छलफल, राम्रा कामलाई निरन्तरता दिने
  • ८ जेष्ठ २०८३, शुक्रबार ०७:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका विषयमा पूर्वअर्थमन्त्रीसँग छलफल गर्दै सुझाव लिएका छन् । संवैधानिक व्यवस्था अनुरुप यहि जेठ १५ गते बजेट पेश गर्ने दिन रहेको र बजेट निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा पुर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका हुन् ।

mulpatra

छलफलमा मन्त्री बाग्लेले पहिलेका सरकारले गरेका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै नयाँ परिस्थितिअनुसार सुधारमुखी बजेट ल्याइने बताएका अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन् ।

पाण्डेका अनुसार छलफलमा सहभागी पूर्वअर्थमन्त्री तथा अर्थविद्हरुले तयारीविहीन र टुक्रे आयोजनामा बजेट नछर्न, खर्च नियन्त्रण गर्न तथा यथार्थपरक राजस्व लक्ष्य निर्धारण गर्न सुझाव दिएका छन् । छलफल कार्यक्रममा पूर्वअर्थसचिव रामेश्वर खनाल, अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्वअर्थमन्त्री शंकर कोइराला, सुरेन्द्र पाण्डे र प्रकाशशरण महत, प्रकाशचन्द्र लोहनी, वर्षमान पुन, विष्णु पौडेल, जनार्दन शर्मा लगायतको उपस्थित थियो ।

mulpatra mulpatra mulpatra

सबै पूर्व अर्थमन्त्री, अर्थविज्ञहरुले अहिलेको बजेटलाई उत्पादनमुखी क्षेत्र, पर्यटन, खानी तथा औद्योगिक विकासमा लगानी बढाउनुपर्ने धारणा राखेको र आर्थिक सुधार, लगानीमैत्री वातावरण र निजी क्षेत्रको विश्वास अभिवृद्धि गराउनु पर्नेमा सबैको समान धारणा रहेको पाण्डेले बताएका छन् ।

अर्थमन्त्री वाग्लेले सबै सुझावलाई गम्भीरतापूर्वक लिएर र विगतका अनुभव र वर्तमान चुनौतीलाई सन्तुलन गर्दै आर्थिक सुधार, सुशासन र विकासलाई केन्द्रमा राखेर बजेट ल्याउने प्रतिबद्धता व्यक्त गरेको समेत पाण्डेले बताएका छन् ।