Close

Recent Posts

ह्वाइट हाउस नजिकै गोली चल्यो, ट्रम्प सुरक्षित

ह्वाइट हाउस नजिकै गोली चल्यो, ट्रम्प सुरक्षित
  • १० जेष्ठ २०८३, आईतवार ०८:५६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङटनस्थित ह्वाइट हाउसभित्रै रहेको समयमा त्यस नजिकै भीषण गोली हानाहान भएको छ। स्थानीय समय अनुसार शनिबार साँझ एक व्यक्तिले ह्वाइट हाउस नजिकैको सुरक्षा चौकीमा गोली चलाएका हुन्।

mulpatra

रिपोर्टका अनुसार संदिग्ध आक्रमणकारीले अमेरिकी सिक्रेट सर्भिसका अधिकारीहरू तैनाथ रहेको सुरक्षा चौकी (चेकपोइन्ट) मा गोली चलाएका थिए। जवाफी कारबाहीमा सुरक्षाकर्मीले चलाएको गोली लागेर ती संदिग्ध घाइते भएका थिए। अस्पताल लैजाने बित्तिकै उनको मृत्यु भयो। घटनामा एक जना बटुवा पनि घाइते भएका छन्।

ह्वाइट हाउसमा उपस्थित पत्रकारहरूले अचानक धेरै पटक गोली चलेको आवाज (२०–३० राउन्डको हाराहारी) सुनेका थिए। त्यसको लगत्तै सिक्रेट सर्भिसले पत्रकारहरूलाई प्रेस ब्रिफिङ कक्षभित्रै बस्न निर्देशन दियो र लकडाउन गर्दै कसैलाई पनि बाहिर निस्कन दिएन।

mulpatra mulpatra mulpatra

एफबीआई, सिक्रेट सर्भिस र अन्य सुरक्षा एजेन्सीहरूले त्यस क्षेत्रलाई घेरा हालेर अनुसन्धान सुरु गरेका छन्। सुरक्षाका लागि ह्वाइट हाउस कम्प्लेक्सको नर्थ लन खाली गरिएको छ। एफबीआईका निर्देशक काश पटेलले सामाजिक सञ्जालमा सुरक्षा एजेन्सीहरूले गोली चलेको घटनालाई नजिकबाट पछ्याइरहेको बताए।

सिक्रेट सर्भिसले सामाजिक सञ्जाल एक्स ९ट्विटर० मार्फत १७ औं स्ट्रिट र पेन्सिल्भेनिया एभिन्यू एनडब्ल्यूको क्षेत्रमा गोली चलेको रिपोर्ट प्राप्त भएको जानकारी दियो। यो क्षेत्र ह्वाइट हाउसबाट लगभग एक ब्लक मात्र टाढा छ। वासिङ्टन महानगरीय प्रहरी विभाग र अन्य सुरक्षा निकायले अहिले यो विषयमा विस्तृत अनुसन्धान गरिरहेका छन्।

एक महिना अघि पनि भएको थियो आक्रमणको प्रयास
यसअघि वासिङटन डिसीमा वार्षिक ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट डिनर’ (संवाददाताको रात्रिभोज) का क्रममा पनि होटल हिल्टनमा गोली चलेको थियो। उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलगायत उपस्थित थिए।

Image Source: © https://mulpatra.com

आक्रमणकारीले होटलको बलरूम बाहिर गोली चलाउँदा ट्रम्प र अन्य पाहुनाहरू बलरूमभित्रै थिए। आक्रमणको करिब डेढ घण्टापछि ट्रम्पले मिडियालाई सम्बोधन गर्दै भनेका थिए, ‘संयुक्त राज्य अमेरिकाको संविधानमाथि आक्रमण भइरहेको थियो। सिक्रेट सर्भिसले मेरो ज्यान बचायो। सुरक्षाकर्मीले बहादुरीका साथ काम गरे।’

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com