इजरायल रोजगारीमा नयाँ आवेदन खुल्यो
काठमाडौं– इजरायल जाने नेपाली कामदारका लागि फेरि आवेदन खुलेको छ । आज वैदेशिक रोजगार विभागले केयरगिभर क्षेत्रका लागि नयाँ कोटाका लागि आवेदन खुलाएको सूचना प्रकाशित गरेको छ ।

हाल इजरायलले थप २ हजार ३ सय नेपाली कामदार लैजाने तयारी भइरहेअनुसार नै सरकारले आवेदन खुलाएको विभागले जनाएको छ ।
उमेर २५ देखि ४५ वर्ष
केयरगिभर /ANM/CMA सम्बन्धी तालिम वा शैक्षिक योग्यता
कम्तीमा ३ वर्ष म्याद भएको राहदानी
अंग्रेजी भाषाको सामान्य ज्ञान
स्वास्थ्य मापदण्ड पूरा गरेको हुनुपर्ने
![]() |
![]() |
![]() |
|---|
इजरायलमा केयरगिभर कामदारको मासिक तलब करिब १,६०० अमेरिकी डलरसम्म हुने उल्लेख गरिएको थियो । आवेदन खुल्दा सामान्यतः वैदेशिक रोजगार विभाग को वेबसाइटमार्फत अनलाइन फाराम भर्नुपर्ने व्यवस्था हुन्छ ।



