Close

Recent Posts

सरकारको अनुमान नेपालको आर्थिक वृद्धिदर ३.८५ रहने

सरकारको अनुमान नेपालको आर्थिक वृद्धिदर ३.८५ रहने
  • १३ जेष्ठ २०८३, बुधबार १५:०२

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक तथा सामाजिक विकास सम्बन्धी विवरणअनुसार कृषि, सेवा तथा उद्योग क्षेत्रको सुधारसँगै आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको हो ।

mulpatra

प्रतिव्यक्ति कुल राष्ट्रिय आय अमेरिकी डलर १ हजार ५६ पुगेको उल्लेख गरिएको छ भने प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन पनि वृद्धि हुने प्रक्षेपण गरिएको छ । सरकारका अनुसार कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ६१ प्रतिशतभन्दा माथि रहनेछ भने कृषि क्षेत्रको योगदान करिब २४ प्रतिशत र उद्योग क्षेत्रको योगदान १३ प्रतिशत हाराहारी रहने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा मुद्रास्फीति ५ प्रतिशतभित्र सीमित रहने, विप्रेषण आप्रवाह बढ्ने तथा बैंक तथा वित्तीय क्षेत्रमा लगानी विस्तार हुने सरकारको दाबी छ । यस्तै सार्वजनिक वित्त व्यवस्थापन सुधार, पुँजीगत खर्च वृद्धि तथा निजी क्षेत्रको सहभागिता बढेसँगै आर्थिक गतिविधि चलायमान बन्ने अपेक्षा गरिएको छ ।

mulpatra mulpatra mulpatra

त्यसैगरी सरकारले ऊर्जा, पर्यटन, सूचना प्रविधि, पूर्वाधार तथा हरित अर्थतन्त्रलाई आगामी आर्थिक वृद्धिको प्रमुख आधारका रूपमा अघि सारेको छ । जलविद्युत् उत्पादन, डिजिटल सेवा विस्तार, विदेशी लगानी आकर्षण तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको सरकारले जनाएको छ । यद्यपि निजी क्षेत्रको लगानी सुस्त हुनु, आयातमा निर्भरता, उत्पादन लागत वृद्धि तथा वैदेशिक बजारको अनिश्चितता भने अर्थतन्त्रका चुनौतीका रूपमा रहेको अर्थविद्हरूले बताएका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com