सरकारले उठायो आ.ब.२०८१/८२ मा जम्मा राजश्व रु. १२ खर्ब ८१ अर्ब ७० करोड
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा कुल राजश्व संकलन रु. १२ खर्ब ८१ अर्ब ७० करोड पुगेको जनाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक तथा सामाजिक परिसूचक विवरणअनुसार राजश्व संकलनमा कर राजश्वको हिस्सा सबैभन्दा बढी रहेको छ । संकलित कुल राजश्वमध्ये मूल्य अभिवृद्धि कर, आयकर, भन्सार महसुल तथा अन्तःशुल्क मुख्य स्रोतका रूपमा रहेका छन् ।

सरकारले आर्थिक गतिविधि विस्तार र कर प्रशासन सुधारका कारण राजश्व संकलनमा सुधार आएको दाबी गरेको छ । विवरणअनुसार चालु आर्थिक वर्षमा सार्वजनिक खर्चतर्फ चालु खर्चको हिस्सा उच्च रहेको देखिएको छ भने पुँजीगत खर्च अपेक्षाकृत कम रहेको उल्लेख छ ।
सरकारको कुल सार्वजनिक खर्च रु. १८ खर्बभन्दा बढी पुगेको छ । वित्तीय अनुशासन कायम गर्दै विकास निर्माणका आयोजना अघि बढाउने प्रयास गरिए पनि खर्च कार्यान्वयनमा अझै चुनौती देखिएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै वैदेशिक सहायता तथा आन्तरिक ऋणमार्फत बजेट घाटा व्यवस्थापन गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|
त्यसैगरी बैंक तथा वित्तीय क्षेत्रको पहुँच विस्तार, डिजिटल भुक्तानी प्रणालीको वृद्धि तथा आर्थिक कारोबारको औपचारिकीकरणले पनि राजश्व वृद्धि गर्न सहयोग पुगेको सरकारको भनाइ छ । विप्रेषण आप्रवाह, सेवा क्षेत्रको विस्तार तथा आयात कारोबार बढेकाले भन्सार र उपभोगमा आधारित कर संकलनमा वृद्धि भएको देखिएको छ । यद्यपि उत्पादन क्षेत्रको सुस्तता, निजी लगानीमा कमी तथा बजारमा माग घट्दै जानु भने दीर्घकालीन आर्थिक चुनौतीका रूपमा रहेको अर्थविद्हरूले बताएका छन् ।



